बाल्टीमोरमा नेपाली युवाको निधन, आर्थिक सहयोगको अपिल
बाल्टिमोर, मेरिल्याण्ड / अमेरिकामा बस्दै आएको एक नेपाली युवाको उपचारका क्रममा निधन भए पछि सहयोगको अपिल गरिएको छ।
नेपालमा लमजुङ जिल्ला बेशिशहर घर भएका ४० वर्षीय राजेन्द्र घिमिरेको मेरिल्याण्डको फ्र्याङ्कलिन स्क्वायर अस्पताल उपचारको क्रममा सोमबार बिहान निधन भएको जनाइएको छ।
लमजुङ अमेरिका सेवा समाज र बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) ले आर्थिक सहयोगको अपिल गरेका छन्।
लमजुङ सेवा समाज अमेरिका तथा Baltimore Association of Nepalese in America (BANA) को हार्दिक अपिल
लमजुङ सेवा समाज अमेरिका तथा Baltimore Association of Nepalese in America (BANA) को तर्फबाट हार्दिक अपिल। आफ्नो परिवारको उज्ज्वल भविष्यको सपना बोकेर अमेरिका आउनुभएका, लमजुङ जिल्ला बेसीशहर घर भई हाल बाल्टिमोर, मेरिल्यान्डमा बसोबास गर्दै आउनुभएका हाम्रा प्रिय सदस्य ४० वर्षीय स्व. राजेन्द्र घिमिरे विगत लामो समयदेखि Franklin Square Hospital, मेरिल्यान्डमा उपचाररत रहँदा सबैको प्रयासका बाबजुद दुःखद रूपमा उहाँले जीवनको अन्तिम सास लिनुभएको छ।
उहाँको असामयिक निधनले परिवार, आफन्त तथा सम्पूर्ण नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ। नेपालमा रहनुभएकी उहाँकी श्रीमती बविता घिमिरे र नाबालिका छोरी हाल अत्यन्तै कठिन परिस्थितिमा हुनुहुन्छ। उपचार खर्च तथा अन्तिम संस्कारका लागि परिवारमाथि ठूलो आर्थिक बोझ परेको यस शोकाकुल घडीमा सम्पूर्ण मनकारी दाजुभाइ तथा दिदीबहिनीहरूलाई आर्थिक तथा नैतिक सहयोग गरिदिनुहुन लमजुङ सेवा समाज अमेरिका र Baltimore Association of Nepalese in America (BANA) विनम्र अपिल गर्दछ।
यहाँहरूले गर्नु हुने सानो सहयोग पनि एक शोक सन्तप्त परिवारका लागि आशा र साहसको आधार बन्न सक्छ। स्व. राजेन्द्र घिमिरेप्रति भावपूर्ण श्रद्धाञ्जली। भगवानले उहाँको आत्मालाई चिर शान्ति प्रदान गरून्।
स्वार्गिय राजेन्द्रको परिवारलाई सहयोग गर्न यहाँ क्लिक गर्नु होला ।


















