यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।
यस्तै,युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५ पैसा, स्विस फ्र्यांक एकको खरिददर १८२ रुपैयाँ २२ पैसा र बिक्रीदर १८२ रुपैयाँ ९८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०५ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११२ रुपैयाँ १६ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४४ पैसा र बिक्रीदर २० रुपैयाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३८ पैसा निर्धारण गरेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४९ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३९ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
केन्द्रीय बैङ्कका अनुसार स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५ रुपैयाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४६८ रुपैयाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ९२ पैसा रहेको छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।














