अमेरिकामा एक सय ४६ ट्रक चालक पक्राउ
वासिङ्टन डिसी/ अमेरिकी गृह सुरक्षा विभाग अन्तर्गत सार्वजनिक मामिला कार्यालय एक सय ४६ जना ट्रक डाइभर पक्राउ गरेको जनाएको छ।
अवैध विदेशीहरूलाई पक्राउ गर्ने क्रममा ठूलो मात्रमा ट्रक डाइभर समेत पक्राउ गरेको विभागले जनाएको छ।
संघीय गृहमन्त्री क्रिस्टी नोएमले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार, अमेरिकी संघीय इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) र इण्डियाना राज्य प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको “अपरेसन मिडवे ब्लिट्ज” अन्तर्गत दुई सय २३ जना अवैध आप्रवासीहरूलाई पक्राउ गरेको छ।
तीमध्ये एक सय ४६ जना व्यावसायिक ट्रक चालक रहेको र उनीहरू इलिनोइस राज्य सीमासँग जोडिएको उत्तर–पश्चिमी इण्डियाना क्षेत्रमा पक्राउ परेका बताइएको छ।
उनीहरू अपराध गतिविधिहरूमा संलग्नता भएको पनि अधिकारीहरुले जनाएका छन्।
आईसीईका अनुसार पक्राउ परेकाहरूमा विभिन्न आपराधिक गतिविधिहरूमा संलग्नता भेटिएको छ।
पक्राउ गरेका ट्रक डाइभरहरुमा मदिरा सेवन गरी सवारी चलाउने (डियुआइ), लागु औषध कारोबार,चोरी, डकैती र ठगी,आक्रमण र घरेलु हिंसा, बाल दुर्व्यवहार तथा वेश्यावृत्तिमा संलग्न हुन्।
अभियानका क्रममा ४० भन्दा बढी व्यक्तिले अवैध रूपमा व्यावसायिक सवारी चालक अनुमति पत्र प्राप्त गरेको पाइएको अधिकारीहरुले बताएका छन्। ती अनुमति पत्रहरू इलिनोइस, क्यालिफोर्निया र न्यु योर्क राज्यहरूबाट जारी गरिएको बताइएको छ।
गृहमन्त्री नोएमले धेरै निर्दोष अमेरिकी नागरिकहरू अवैध आप्रवासी ट्रक चालकहरूको कारण मारिएको र केही राज्यहरूले यस्ता आप्रवासीहरूलाई व्यावसायिक चालक अनुमति दिँदै आएको बताइन।
नोएमका अनुसार, राष्ट्रपति ट्रम्पको निर्देशनमा सञ्चालन भइरहेको यो अभियानले हालसम्म इण्डियानाबाट एक सय ४० भन्दा बढी अवैध ट्रक चालकहरूलाई हटाइसकेको छ।
इण्डियाना राज्यका गभर्नर माइक ब्राउनले राज्यको सुरक्षा शीर्ष प्राथमिकतामा रहेको बताए। को
“इण्डियाना ‘क्रसरोड अफ अमेरिका’ हो — यसमा हामी गर्व गर्छौँ, तर यसले अपराध नियन्त्रणमा सतर्क रहन पनि बाध्य बनाउँछ,” गभर्नर ब्राउनले भने, ‘राज्यको सुरक्षालाई शीर्ष प्राथमिकता बनाइराख्ने र संघीय निकायहरूसँग सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दछु।‘
आइस कार्यवाहक निर्देशक टड लायन्सले अवैध ट्रक चालकहरू देशभर भएका धेरै घातक दुर्घटनाहरूमा संलग्नता देखिएको बताए।
“अपरेसन मिडवे ब्लिट्ज सार्वजनिक सुरक्षामा खतरा पुर्याउने अवैध आप्रवासीहरूलाई हटाउने उद्देश्यले सुरु गरिएको हो। शिकागो र इण्डियानामा गरिएको यो कारबाहीले अन्तरजातीय राजमार्गहरू सुरक्षित बनाउन मद्दत गरेको छ।” टडले भने, ’ हालै अवैध ट्रक चालकहरूले देशभर भएका धेरै घातक दुर्घटनाहरूमा संलग्नता देखिएको छ, र यी घटनाहरू पूर्ण रूपमा रोक्न सकिने अवस्थामा थिए।‘
आईसीईकी उप–निर्देशक म्याडिसन सीहनले इण्डियाना राज्य प्रहरीसँगको २८७(जी) साझेदारीले यो सफलता सम्भव भएको बाताइन।
‘जब शहर र राज्यहरूले आइससँग सहकार्य गर्छन्, समुदायहरू थप सुरक्षित बन्छन्।‘ म्याडिसनले भनिन्।
अधिकारीहरुले अगस्ट २०२५ मा फ्लोरिडामा हर्जिन्दर सिंह नामका अवैध ट्रक चालकले सवारी दुर्घटना गराउँदा तीन जनाको मृत्यु भएको जनाएका छन्। यस्तै गत हप्ता: क्यालिफोर्नियामा जशनप्रीत सिंह नामका चालकले मदिरा सेवन गरी चलाएको १८-पाङ्ग्रे ट्रकले तीन जनाको ज्यान लिएको थियो।
संघीय अधिकारीहरूको भनाइमा, “अपरेसन मिडवे ब्लिट्ज” जस्ता अभियानहरूले अवैध आप्रवासी ट्रक चालकहरूको बढ्दो जोखिम रोक्न, राजमार्गहरू सुरक्षित राख्न, र अमेरिकी समुदायको सुरक्षामा ठोस योगदान पुर्याउने विश्वास गरिएको छ।















