अमेरिकी राजदूतद्वारा प्रधानमन्त्री कार्की सँग भेट
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं/ नेपालका लागि अमेरिकी राजदूत राजदूत डिन थम्पसनले बिहीबार नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्।
भेटका अवसरमा राजदूत थम्पसनले हालैका प्रदर्शनहरूमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।
दूतावासको विज्ञप्तिमा जनाइए अनुसार उनले नेपालको अबको शान्तिपूर्ण र लोकतान्त्रिक यात्रामा अमेरिकाको समर्थन दोहोर्याएका थिए।
‘अमेरिका र नेपालबिच ७८ वर्षभन्दा अघि देखिको साझेदारीलाई स्मरण गर्दै दुवै पक्षले व्यापार, आर्थिक वृद्धि, विपद् व्यवस्थापन, र नेपालकै सबैभन्दा रूपान्तरणकारी पूर्वाधार साझेदारीका रूपमा रहेको एमसीसी सम्झौताका प्राथमिकताहरूमा छलफल गर्नुभयो, जसले अमेरिका र नेपाललाई अझ सुरक्षित, सबल, र समृद्ध बनाउन सहयोग पुर्याउँछ।’ विज्ञप्तिमा भनिएको छ।
फोटो: नेपाल स्थित अमेरिकी दूतावास








