श्रम स्वीकृति नलिई साउदीमा कार्यरत नेपालीहरूलाई श्रम वैधानिक करण
काठमाडौं । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरूलाई श्रम वैधानिक करण सुरु भएको छ ।
शुक्रबार काठमाडौँमा आयोजित एक समारोहकोबीच नेपाली दूतावास साउदी अरेबियाबाट श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरूलाई श्रम वैधानिक करण सुरु गरिएको हो ।
विगत आठ वर्षदेखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रिक लिइएको र महामहिम राजदूत डा.नरेश विक्रम ढकालले श्रम वैधानिक करण कार्यलाई स्वीकृति प्रदान हुन् ।
कार्यक्रममा बोल्दै श्रम मन्त्री शरद सिंह भण्डारीले अहिले लाखौँ नेपालीहरू श्रमको शिलशिलामा विभिन्न बाटोबाट विभिन्न मुलुकमा रहेको अवस्थामा विभिन्न कागजी कठिनाइले वैधीकरण हुन नसक्ने र पाउनुपर्ने अधिकारबाट वञ्चित रहेको बताए । यस्तो अवस्थामा सरकारले वैदेशिक रोजगारमा रहेका श्रमिकहरूको हितका लागि वैधानिक करणको काम गरिरहेको बताए ।
त्यस्तै उनले खाडी मुलुकमा जाने सुरुवात साउदी अरेबियाबाटै भएको बताउँदै अरेबियामा दुई पक्ष सम्झेता गर्न एक दशक देखि धेरै प्रयासहरू गरिरहेको बताए ।














