झापा र सुनसरीमा करेन्ट लागेर २ जनाको मृत्यु

विराटनगर । झापा र सुनसरीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
साउन ०७ गते सुनसरीको इनरुवा नगरपालिका–३ स्थित निर्माणाधीन पक्की घरमा छत ढलान गर्न फलामको डन्डी मिलाउने क्रममा उक्त डन्डी विधुतको नाङ्गो तारमा छुन पुग्दा कामदार बर्जू गाउँपालिका– ६ का ३५ वर्षीय नन्द कुमार चौधरीको मृत्यु भएको हो।
यस्तै गढी गाउँपालिका–३ का ३२ वर्षीय श्रवण चौधरीको उपचारको लागी नोबेल अस्पताल विराटनगर पठाइएको छ ।
सोही दिन साँझ झापाको गौरादह नगपालिका– ७ की ७७ बर्षीया तेज कुमारी उप्रेतीलाई आफ्नै गाई गुवालीमा कुटी काट्ने क्रममा अचानक विधुत सट भई करेन्ट लाग्दा उनको घटना स्थलमानै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।