पेन्सिल्भेनियाको ह्यारिसबर्गमा नेपाली भाषीका लागि निःशुल्क कानुनी परामर्श हुँदै

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ पेन्सिल्भेनियाको ह्यारिसबर्गमा नेपाली तथा नेपाली भाषी भुटानी समुदायका लागि नि शुल्क कानुनी परामर्श कार्यक्रम हुने भएको छ।
एशियन रिफ्युजीज युनाइटेड (एआरयु), भुट्नीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच), एशियन ल ककस, साउथ एसियन अमेरिकन जस्टिस कलेक्टिभ (एपीआई-पीए) र साउथ एसियन बार एसोसिएसन (साबा)-फिलाडेल्फियाको साझेदारीमा कार्यक्रम आयोजना गर्न लागिएको हो।
‘सामुदायिक दिवस र कानुनी तथा स्रोत क्लिनिकमा आमन्त्रित गर्न पाउँदा खुसी छौँ।‘आयोजक मध्येका एआरयुका सह-कार्यकारी निर्देशक/सीईओ रबिन गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
जुन सात तारिख शनिवार हुने कार्यक्रममा सहभागिता नि: शुल्क रहेको आयोजकको भनाई छ।
कार्यक्रम दिउँसो एक देखि अपराह्न पाँच बजे सम्म हुने छ। दिउँसो १ बजे देखि ३ बजे सम्म आफ्नो अधिकारका बारेमा जानकारी लिन पाइने छ।
दिउँसो ३ बजे देखि ५ बजे सम्म वकिलहरूसँग एक-एक परामर्शको लागि व्यवस्था गरिएको छ।
कानुन व्यावसायीहरु सँगको कुराकानीको नेपालीमा नेपालीमा व्याख्या उपलब्ध हुने जनाइएको छ।
कार्यक्रममा अध्यागमन, नेचुरलाइजेशन र नागरिक अधिकारमा विशेषज्ञता हासिल गरेका वकिलहरूसँग नि:शुल्क परामर्श पाइने आयोजकको भनाई छ।
कार्यक्रममा सहभागी हुन दर्ता भने गर्न पर्ने आयोजकको भनाई छ। तपाई यो कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर उपलब्ध हुने फारम भर्नु होला।