एरिका गुरुङले अस्ट्रेलिया ओपनमामा जितिन् स्वर्ण

सिड्नी/ अस्ट्रेलियाको सिड्नीमा भएको अस्ट्रेलियन ओपन कराते च्यापियनशिपमा नेपालकी एरिका गुरुङले स्वर्ण पदक जितेकी छन् । शुक्रवार गते देखि शुरु भएको प्रतियोगितामा अन्य चार नेपाली खेलाडीले पनि पदक जिते।
एरिकाले ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेकी प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिएका छन् ।
यस्तै ६७ केजी मुनी सन्तोष श्रेष्ठ, ६१ केजी मुनी सविना श्रेष्ठ, ५५ केजी मुनी पुष्पका लामा र ५० केजी मुनी वर्ष बुढा मगरले कास्य पदक प्राप्त गरेका छन् ।
प्रतियोगितामा सहभागी हुने नेपालबाट पाँच जना खेलाडी सहित ९ जनाको टोली अस्ट्रेलियाको सिड्नी गएको थियो ।
