पुटिन सँगको फोन वार्तापछि, ट्रम्पले भने युक्रेन युद्ध अन्त्य गर्न वार्ता ‘तुरुन्तै’
वासिङ्गटन/ राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहान रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन कुराकानी पछि युक्रेन युद्ध अन्त्य गर्न वार्ता “तुरुन्तै” सुरु हुने बताए हुने बताएका छन्।
गत महिना पदभार ग्रहण पछि राष्ट्रपति ट्रम्पले रुसी समकक्षी सँग बुधवार पहिलो पटक टेलिफोन कुराकानी गरेका हुन्। कुराकानी चौथो वर्ष प्रवेश गर्न लागेको युक्रेन द्वन्द्वलाई छिटो अन्त्य गर्ने बारेमा छलफल भएको अमेरिकी मूलधारमा सञ्चार माध्यमले जनाएका छन्।
“हामीले युक्रेन, मध्य पूर्व, ऊर्जा, कृत्रिम बुद्धिमत्ता, डलरको शक्ति, र अन्य विभिन्न विषयहरूमा छलफल गर्यौँ।” सामाजिक सञ्जालमा ट्रम्पले पोष्ट गरेका छन्।
“हामीले एक अर्काको राष्ट्रहरूको भ्रमण सहित धेरै नजिकबाट काम गर्न सहमत भयौँ। हामीले हाम्रा सम्बन्धित टोलीहरूलाई तुरुन्तै वार्ता सुरु गर्न पनि सहमति जनाएका छौँ, र हामी युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई फोन गरेर कुराकानीको बारेमा जानकारी गराउन सुरु गर्नेछौं, जुन कुरा म अहिले गर्नेछु,” ट्रम्पले लेखेका छन्।
ट्रम्प र पुटिन बीच लगभग ९० मिनेट कुरा भएको थियो।