भारतमा निर्वाचन: दिल्लीमा हारे अरविन्द केजरीवाल , आम आदमी पार्टीलाई लाई धक्का
|
Getting your Trinity Audio player ready...
|
नयाँ दिल्ली/ भारतको राजधानी नयाँ दिल्ली प्रदेशको निर्वाचनमा आम आदमी पार्टीका (आप) संस्थापक तथा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल पराजित भएका छन्। त्यसो त एक दशक यता लगातार जित्दै आएको उनको पार्टी पनि यस पटक कमजोर देखिएको छ।
अरविन्द केजरीवाल भाजपाका परवेश बर्मा सँग पराजित भए। केजरीवालपछिका नेता मनिष सोसधिया पनि पराजित भएका छन् ।
प्राप्त मतगणनामा भारतीय जनता पार्टी बहुमत नजिक पुगेको छ । भाजपा ३६ सीटमा अग्रतासहित ११ सीटमा जित निकालेर अगाडि छ । त्यस्तै आम आदमीले ६ सीट जितेर १७ सीटमा अग्रता लिइरहेको छ । ३६ सीट भए सरकार चलाउन बहुमत पुग्छ । यहाँ अन्य दलले अग्रता समेत लिन सकेका छैनन् ।
७० सीटको विधान सभामा भाजपा बहुमतसहित सरकार चलाउने ठाउँमा पुगेको छ ।
भारतमा नयाँ शक्तिको रुपमा उदाएको आम आदमी पार्टीले सन् २०१५ मा भएको दिल्ली चुनावमा ७० सीटमा ६७ स्थान जितेको थियो। जवकी यो पार्टी सन् २०१३ बाट राजनीतिमा आएको थियो। सन् २०२० को पछिल्लो चुनावमा आम आदमी पार्टीको प्रभाव राम्रै थियो। सो चुनावमा आपले ६२ सीट जितेको थियो।
तर पछिल्ला केही वर्ष देखि केजरीवाल मदिरा घोटालामा मुछिँदै आएका थिए।








