अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, दशै जनाको निधन
सान फ्रान्सिस्को / अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी तटबाट हराइरहेको १० जना सवार विमान दुर्घटनाग्रस्त अवस्थामा विमान फेला पारेको बताएको छ । अधिकारीहरुले विमानमा सवार सबै जनाको निधन भएको जनाएका छन्।
उक्त विमान पश्चिमी अलास्काको नोम सहरबाट करिब ५४ किलोमिटर दक्षिणपूर्वमा फेला परेको हो ।
खराब मौसम र कम भिजिबिलिटीका बीच एक घण्टा लामो खोज अभियान पछि भग्नावशेष फेला परेको थियो ।
बेरिङ एयरद्वारा सञ्चालित टर्बोप्रप सेस्ना कारभान बिहीबार दिउँसो बेपत्ता भएको अलास्काको सार्वजनिक सुरक्षा विभागले जनाएको छ ।
शुक्रबार स्थानीय समय अनुसार बिहान ९ बजे नोम स्वयंसेवी फायर डिपार्टमेन्टले जहाजमा रहेका सबैका परिवारलाई सूचित गरिएको बताएको छ ।
यो दुर्घटना पछिल्लो २५ वर्षमा राज्यको सबैभन्दा घातक मध्ये एक भएको एपीले जनाएको छ। त्यसो त अमेरिकामा एक साता भित्र यो तेस्रो विमान दुर्घटना हो । आठ दिन अगाडी वासिङटन डीसी निजकै विमान दुर्घटना भएको थियो भने त्यसको दुई दिन भित्र पेन्सिल्भेनियाको फिलाडेल्फियामा बिरामी बोकेको एउटा विमान बस्तीमा खरेको थियो।