अमेरिकाको केन्टकीमा २७ मिलियन मूल्य बराबरको नक्कली गहना र घडी बरामद
लुइसभिल,केन्टकी/ अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) अधिकारीहरूले जनवरीको महिना लुइसभिलमा २७ मिलियन मूल्य बराबरको नक्कली गहना र घडी बरामद गरेका छन्।
अमेरिकी भन्सार तथा सीमा सुरक्षाले बिहीबार जारी गरेको मिडिया विज्ञप्ति चीन र हङकङबाट आएका ती सामाग्री बरामद गरिएको उल्लेख छ।
‘जनवरी महिना धेरै व्यस्त रह्यो, यदि सामान वास्तविक भएको भए, औसत निर्माताको सुझाव गरिएको खुद्रा मूल्य नौ लाख ७५.५ मिलियन डलर भन्दा बढी मूल्यको नक्कली डिजाइनर गहनाको ढुवानी जफत गरियो।‘ विज्ञप्तिमा भनिएको छ।
अमेरिकाका विभिन्न स्थानमा लैजान लागिएको ढुवानीहरूमा नक्कली डिजाइनर घडी, ब्रेसलेट, औँठी, हार र झुम्काहरू रहेको बताइएको छ।
‘एजेन्सीका व्यापार विशेषज्ञहरू, सीबीपीको उत्कृष्टता र विशेषज्ञता केन्द्रहरूले वस्तुहरूको निरीक्षण गरे र तिनीहरूलाई नक्कली ठाने। डिजाइनरको संरक्षित ट्रेडमार्कको उल्लङ्घन गरेको कारण सबै वस्तुहरू जफत गरियो।‘ विज्ञप्तिमा भनिएको छ।
“नक्कली सामानहरू कम गुणस्तरका उत्पादनहरू हुन् जसले अमेरिकी व्यवसायहरूलाई प्रतिवर्ष अर्बौँ डलर घाटा पुर्याउँछ र हाम्रो देशको रोजगारी र कर राजस्व लुट्छ,” शिकागो फिल्ड अफिसका फिल्ड अपरेशन निर्देशक लाफोन्डा डी. सटन-बर्कले भने “मेरो फिल्ड अफिसभरि सीबीपी अधिकारीहरू नक्कली तस्करी रोक्न, सङ्गठित अपराधबाट नाफा लिन र हाम्रा समुदायहरूलाई सम्भावित खतरनाक नक्कलीबाट जोगाउन प्रतिबद्ध छन्।”
आर्थिक वर्ष २०२४ मा, चीन र हङकङबाट जफत गरिएका सामानहरू जफत गरिएको कुल मात्राको लगभग ९०% भएको जनाइएको छ।