अमेरिकामा एक सातामा सात हजार भन्दा बढी अवैध आप्रवासी देश निकाला
न्यु योर्क / राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो सातामा सात हजार भन्दा धेरै अवैध आप्रवासी देश निकाला भएको अधिकारीहरूले जनाएका छन्।
‘ट्रम्प प्रशासनको पहिलो हप्तामा, हामीले राष्ट्रपति ट्रम्पले अमेरिकी जनतालाई देशमा अवैध रूपमा रहेका हिंसात्मक अपराधीहरूलाई पक्राउ गर्ने र देश निकाला गर्ने वाचा पूरा गरेका छौँ।’ डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले भनेको छ,’ एक हप्तामा, कानून प्रवर्तन अधिकारीहरूले ७,३०० अवैध आप्रवासीहरूलाई फिर्ता पठाएका छन्।’
यस्तै विभागकी सचिव क्रिस्टी नोएमले अधिकारीहरूले बिहान तीन बजे देखि नै काम शुरु गरेको सामाजिकले सञ्जालमा लेखेकी छिन्।
‘आपराधिक विदेशीहरूलाई पक्राउ गर्न न्यु योर्कमा बिहान ३ बजे हाम्रो काम सुरु भयो। पक्राउ पर्नेहरूमा भेनेजुएलाको एक क्रूर गिरोहको प्रमुख ट्रेन डे अरागुआ पनि थियो। हामी यी अपराधीहरूलाई हाम्रो सडकबाट हटाउँदैछौं।’
फोटो सचिव क्रिस्टी नोएमको सामाजिक सञ्जालबाट














