गोर्खा सैनिकको सेवा सुविधा र लन्डन–काठमाडौँ सिधा हवाई उडानको माग

काठमाडौँ । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बेलायती संसद्को नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँग भेटघाट गरेका छन् ।
लन्डनस्थित नेपाली राजदूतावासमा भएको भेटघाटमा बेकरसँग कोइरालाले भूपू गोर्खा सैनिकहरूको सेवा सुविधा समस्याको समाधान हुनुपर्ने र ब्रिटिस एअरवेजको लन्डन–काठमाडौँ सिधा हवाई उडान हुनुपर्ने जस्ता कुराहरू राखेका थिए ।
उनले जलवायु परिवर्तनका कारण नेपाल सङ्कटमा रहेको भन्दै हिउँ पग्लेर हिमालहरू कुरूप बनिरहेका बताए । जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षेतिपुर्ती पाउँनुपर्ने र बेलायतले सहयोग गरिदिनुपर्ने बताए ।
भेटमा बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरिन । भेटघाटमा बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडी पनि थिए ।