परराष्ट्रको कम्प्यूटरमा भाइरस, राहदानी घुम्ती शिविर स्थगित
पेन्सिल्भेनिया । अमेरिकामा रहेको नेपाली राजदूतावासले सञ्चालन गर्न लागेको घुम्ती राहदानी शिविर स्थगित गरेको छ ।
परराष्ट्र मन्त्रालयको कम्प्युटरमा भाइरस लागे पछि दूतावासले एक सूचना प्रकाशित गर्दै नोभेम्बर २३–२६ सम्म क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा घुम्ती राहदानी शिविर आयोजना गर्ने तयारी गरेको थियो ।
तयारी पूरा भइसकेको अवस्थामा राहदानीका लागि लाइभ इनरोलमेन्ट (दर्ता) गर्ने कम्प्यूटरमा भाइरस भेटिएको भन्दै घुम्ती शिविर स्थगित गरेको दूतावासल निकालेको सूचनामा जनाइएको छ ।
राहदानी विभागले प्रणाली पुनः सञ्चालन गर्ने तयारी गरिरहेकोले केही समय लाग्ने जनाइएको छ ।
हेर्नुस दूतावासले निकालेको यो सूचना
नेपालको क्रेडिट रेटिङ बीबी माइनसले सरकार उत्साहित
November 22, 2024 @ 1:36 am
[…] भाइरस पसेपछि… […]