वृद्धाश्रममा आगलागी हुँदा स्पेनमा १० जनाको मृत्यु
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । स्पेनको उत्तरपूर्वी शहर भिल्लाफ्रान्का डी इब्रोको एक वृद्धाश्रममा बिहिबार राति आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
स्पेनी सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार बिहान ५ ०० बजे आगलागी हुँदा त्यहाँ ८२ जना रहेका थिए ।
वृद्धाश्रमले ‘एक्स’मा एक विज्ञप्ति जारी गर्दै आगलागी र केही व्यक्तिको मृत्युको पुष्टि गरेको छ तर उक्त पोस्टमा थप विवरण उपलब्ध गराइएको छैन।
शहरका मेयर भोल्गा रामिरेज गामिजले पत्रकारहरूलाई बताएअनुसार एउटा कोठामा आगलागी भएको तर आगलागीका कारण पूरै निवासभरि धुवाँ फैलिएको थियो।
अरागोन क्षेत्रका लागि केन्द्रीय सरकारका प्रतिनिधि फर्नान्डो बेल्ट्रानले मृत्युको कारणबारे अनुसन्धान भइरहेको बताए। धेरै वृद्धवृद्धाको धुवाँले निस्सासिएर मृत्यु भएको हुन सक्ने बताइएको छ ।
जार्डिनेस डे भिल्लाफ्रान्का निवास सन् २००८ मा वृद्धहरूका लागि आवासका रूपमा खोलिएको थियो भने हालै यसलाई मानसिक स्वास्थ्य समस्या भएका वृद्धव्यक्तिहरूलाई राख्नेगरी सुविधाहरू थपिएको थियो ।








