चुनावको अघिल्लो दिन राष्ट्रपतिका दुवै उम्मेदवार पेन्सिल्भेनिया केन्द्रित
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकी राष्ट्रपति चुनावको अघिल्लो दिन राष्ट्रपतिका दुवै उम्मेदवार पेन्सिल्भेनियामा केन्द्रित भएका छन्। अमेरिकामा नोभेम्बर ५ तारिख चुनावको दिन हो।
मुख्यतया डेमोक्रयाटिक पार्टीबाट कमला ह्यारिस र रिपब्लिकनबाट डोनाल्ड ट्रम्प बिच भावी राष्ट्रपतिका लागि तीव्र प्रतिस्पर्धा छ।
पेन्सिल्भेनिया जित्नेले अमेरिकी राष्ट्रपति हुने आकलनहरू भइरहँदा दुवै जना अहिले पेन्सिल्भेनियाको गाउँ गाउँ पुगेका छन्। ट्रम्पले ल्यानक्यास्टर काउन्टी मात्र दुई पटक भ्रमण गरेका छन्।
अक्टोबर २० तारिख ल्यानक्यास्टर सिटीको चुनावी र्यालीलाई सम्बोधन गरेका ट्रम्पले आइतबार मात्र ल्यानक्यास्टरकै लिटिजमा अर्को चुनावी र्यालीमा सम्बोधन गरेका थिए।
ह्यारिसले पनि फिलाडेल्फिया आसपास भएका चुनावी र्यालीलाई पटक पटक संवोधन गरेकी छिन्।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसले सोमबार पेन्सिलभेनियामा चुनाव प्रचार गर्ने, मतदाताहरूलाई अन्तिम अपिल गर्ने कार्यक्रम तय गरेका छन्।
ट्रम्पले सोमबार रिडिङ र पिट्सबर्ग भ्रमण गर्दै छन्। पेन्सिलभेनिया पछि उनी मिशिगन जारी राख्ने योजनामा छन्।
कमला ह्यारिसले एलेनटाउन र पिट्सबर्गमा हुने र्यालीमा समावेश भए पछि फिलाडेल्फियामा र्याली र कन्सर्टमा संवोधन गर्ने कार्यक्रम छ।
पेन्सिल्भेनियामा पछिल्ला दुई चुनावमा डेमोक्याट्रिक र रिपब्लिकनले एक पटक जितेका छन्। सन् २०१६ मा ट्रम्पले पेन्सिल्भेनिया जितेका थिए उनी नै राष्ट्रपति बने। यस्तै सन् २०२० मा जो बाइडेनले पेन्सिल्भेनिया जितेका थिए उनी नै राष्ट्रपति बने।
यस पटक पनि पेन्सिल्भेनिया जित्नेले ह्वाइटहाउस प्रवेश पाउने भनिएको छ।
ह्यारिस र ट्रम्प मध्ये कसलाई ह्वाइट हाउस पठाउने भन्नेमा नेपाली भाषी मतदाताको पनि महत्त्वपूर्ण भूमिका हुने अनुमान गरिएको छ। किनकि यस अगाडिका दुवै चुनावमा मात्र एक प्रतिशत मतले हारजित भएको थियो।
यस पटक पेन्सिल्भेनियामा नेपाली भाषी मतदाताको संख्या पाँच प्रतिशत रहेको छ त्यसमा नेपाली भाषी भुटानी समुदाय अत्यधिक छन्।
र यो पनि..
















