अमेरिकी चुनाव : केन्द्रमा पेन्सिल्भेनिया !

पेन्सिल्भेनिया । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनको केहि दिन अघि पेनसिल्भेनिया राज्यको बहुमत सर्वेक्षणहरूमा अग्रता लिएका छन्।
रिपब्लिकन उम्मेदवार ट्रम्पले ‘कीस्टोन स्टेट’ मा सानो तर स्थिर अग्रता कायम गरेका छन्। पेनसिल्भेनिया राज्य, जसमा सबैभन्दा धेरै इलेक्टोरल कलेज भोट छ र सन् २००८ यता प्रत्येक विजयी राष्ट्रपति उम्मेदवारले जितेको छ, यसपालि पनि प्रमुख प्रतिस्पर्धा केन्द्र बनेको छ। दुवै पक्षले यो राज्यमा आधा अर्ब डलरभन्दा बढी खर्च गरिसकेका छन्।
पछिल्लो सातवटा सर्वेक्षणमध्ये ट्रम्पले छवटामा अग्रता लिएका छन् भने ‘रियल क्लियर पोलिटिक्स’ नामक पोलिंग एग्रिगेटर अनुसार उनी ०.८ प्रतिशतको अग्रतामा छन्। फक्स न्यूजको अक्टोबर २४ देखि २८ सम्मको सर्वेक्षणले ट्रम्पलाई कमला ह्यारिसमाथि एक अंकको अग्रता दिएको छ भने एटलासइन्टेलको अक्टोबर २५ देखि २९ सम्मको सर्वेक्षणमा उनी तीन अंकको अग्रतामा छन्।
यी दुई उम्मेदवारहरू बीचको मतान्तर त्रुटि सीमाभित्र छ, जसले गर्दा पेनसिल्भेनिया आगामी चुनावका लागि महत्वपूर्ण राज्यको रूपमा उभिएको छ। चुनावको नजिकै जाँदा राज्यमा कानुनी विवादहरू पनि थपिएको छ। ट्रम्पको प्रचार टोलीले बटलर काउन्टी, पेनसिल्भेनिया विरुद्ध मुद्धा दायर गर्दै मेल-इन ब्यालटको लागि आवेदन दिन खोज्नेहरूलाई रोकेको आरोप लगाएको छ भने डेमोक्र्याटहरूले एरी काउन्टी विरुद्ध मुद्धा दायर गर्दै सयौं मतदाताहरूले गलत मतपत्र प्राप्त गरेको दाबी गरेका छन्।
यो कानुनी विवादसँगै पेनसिल्भेनियामा चुनावको परिणामले अमेरिकी राष्ट्रपतिको चयनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको छ।