पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा गरियो म्ह पूजा
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टर रहेका नेवार समुदायले म्ह पूजा गरेका छन्।
म्ह पूजा चन्द्र मानक नेपाल संवत् अनुसारको नयाँ वर्षको सुरुवातमा नेवार समुदायले मनाउने पर्व हो । यो पर्वमा हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पूजा गर्छन्। परिवारका सदस्यहरू एकै ठाउँमा भेला भई सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्ने गरिन्छ ।
शनिवार साँझ ल्यानक्यास्टरमा रहेका नेवार समुदायका सबै परिवार एकै ठाउँमा जम्मा भएर विधि पूर्वक म्ह पूजा गरेका हुन्।
म्ह पूजामा परिवारका ज्येष्ठ सदस्य थकाली बस्ने चलन छ। जस अनुसार राजु गुभाजु थाकुली बनेका थिए।
यस्तै परिवारकी सबै भन्दा जेठी आमाले पूजा सामाग्री वितरण गरी आफै पूजा गर्न लगाइन्छ। ल्यानक्यास्टरको म्ह पूजामा जेठी आमा (थाकुली नकी ) को भूमिकामा राधा गुभाजु रहेकी थिएन।
नेवार भाषामा ‘म्ह’ भनेको शरीर हो। आफ्नो शरीरलाई आफैले पूजा गर्ने भएकाले म्ह पूजा भनिन्छ।
नेवार भाषामा म्ह पूजालाई ‘धलँ दनेगु’ भनिन्छ। म्ह पूजा पछि सामूहिक भोज पनि गरिएको थियो।
भिडियोमा म्ह पूजा
म्ह पूजाका थप तस्बिहरु …