लिग टूमा स्कटल्याण्डसँग अमेरिका ७१ रनले पराजित

पेन्सिल्भेनिया। आइसीसी विश्वकप लिग टूमा स्कटल्याण्डले घरेलु टोली अमेरिकालाई ७१ रनले पराजित गरेको छ। डालासमा बिहीबार भएको खेलमा ब्रान्डन मकमुलनको उत्कृष्ट १५१ रनको पारीले स्कटल्याण्डलाई ७१ रनको फराकिलो अन्टरले पराजित गरेको हो। मकमुलनले ११ चौका र ६ छक्कासहित आफ्नो करियरकै उच्च ओडीआई स्कोर बनाए। उनीसँग चार्ली टियर ९५१ रन० र माइकल लिस्क ९३३० ले राम्रो साथ दिएपछि अन्तिम १० ओभरमा स्कटल्याण्डले ११९ रन थप्दै निर्धारित ओभरमा ५ विकेट गुमाएर ३१७ रन बनाएको थियो।
अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि, स्कटल्याण्डका ओपनर चार्ली टियर र एन्ड्रयू उमीडले उत्कृष्ट सुरुवात गरेका थिए। स्कटल्याण्डको सुरुवाती रन दर उच्च रहेको अवस्थामा उमीडले सौरभ नेत्रवालकरको बलमा १८ रनमा विकेट गुमाए। मकमुलनले क्रिजमा प्रवेश गरेपछि कन्फिडेन्ट ड्राइभ खेलेर आफ्नो पारीको सुरुवात गरे। मकमुलन र टियरले स्कटल्याण्डको स्कोरलाई १२ औं ओभरमा ५० रन पुर्याए।
मकमुलनले आफ्नो ५० रन ६३ बलमा पुरा गरे। र केही समयपछि टियरले पनि आफ्नो अर्धशतक पुरा गरेका थिए। तर, रन रेट केही घटेको अवस्थामा टियरले नोस्ठुश केन्जिगेको बलमा क्याच थमाउँदै ५१ रनमा आउट भए। १५ ओभर बाँकी हुँदा स्कटल्याण्डको स्कोर १५२–२ थियो, र मकमुलनले उत्कृष्ट पारी खेलिरहेका थिए। कप्तान रिची बेरिङ्टनले पनि उत्कृष्ट प्रदर्शन गर्दै २६ रन बनाए। तर मकमुलनले १०० रन पुरा गर्दै तेस्रो ओडीआई शतक बनाए।
अन्तिम १० ओभरमा, मकमुलन र माइकल जोन्सले आक्रामक शैलीमा रन बटुल्दै स्कटल्याण्डलाई उच्च स्कोरतर्फ पुर्याए। मकमुलनले आफ्नो व्यक्तिगत १५० रन पुरा गरेपछि १५१ रनमा आउट भए। माइकल लिस्कले अन्तिम बलमा छक्का प्रहार गर्दै ३३ रनको योगदान दिए। जसले स्कटल्याण्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर ३१७ रन बनायो।
अमेरिकाका सौरभ नेत्रभाल्कर र जसदीप सिंहले दुई दुई विकेट लिए।
अमेरिकाले स्कटल्याण्डले दिएको ३१८ रनको लक्ष्य पछ्याउन संघर्ष गरेको थियो। सुरुका ओभरमै ब्राड कुर्रीले दुई विकेट लिएर अमेरिकालाई दबाबमा राखे। उत्कर्ष श्रीवास्तवले उत्कृष्ट ६७ रन बनाएर टिमलाई सम्हाल्ने प्रयास गरे पनि स्कटल्याण्डका बलरहरूको नियन्त्रणमा अमेरिकाले लक्ष्य पूरा गर्न सकेनन्। अन्तिममा, ज्याक जार्भिसले ४ विकेट लिएर अमेरिकाको इनिङलाई ४४ ओभरमा २४६ रनमा समेट्दै स्कटल्याण्डलाई ७१ रनको जित दिलाए।
यो जितपछि स्कटल्याण्डले लिग तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। अब स्कटल्याण्डले लिग टू अन्तर्गत यस सिरिजको अन्तिम खेलमा नेपालसँग खेल्ने छ। नेपाल र स्कटल्याण्डको खेल नोभम्बर ४ तारिखमा हुने छ। त्यसअघि शनिबार नेपालले अमेरिकासँग खेल्ने छ। नेपाल अहिले तालिकाको सातौं स्थानमा छ।