नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप
पेन्सिल्भेनिया । नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ। सिरिजको तेस्रो र अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै सिरिज ३–० ले जितेको हो।
अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। नेपालका असिफ शेखले ६८ बलमा अर्धशतक प्रहार गर्दै छैटौं टी-२० अन्तर्राष्ट्रिय अर्धशतक बनाएका हुन्। त्यस्तै, कुशल भुर्तेलले ४० र कुशल मल्लले अविजित ४४ रनको उत्कृष्ट योगदान दिए।
अमेरिकाका बलरहरू जुआनोय ड्राइसडेल र जसदीप सिंहले १-१ विकेट लिए।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। अमेरिकाका साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन बनाए भने मिलिंद कुमारले ४३ रनको योगदान दिए।
नेपालका बलर सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए, भने रिजन ढकाल र ललित राजबंशीले १-१ विकेट लिए।
यो नेपालले टी-२० अन्तर्राष्ट्रिय सिरिजमा गरेको पहिलो क्लीन स्वीप हो। अब नेपालले अमेरिका र स्कटल्याण्डसहितको आइसीसी विश्वकप लिग-२ को सिरिज खेल्नेछ।