बङ्गलादेशमा डेङ्गु सङक्रमण उच्च, थप ९ जनाको मृत्यु
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं। बङ्गलादेशमा डेङ्गु सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ, जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो। जनवरीदेखि हालसम्म डेङ्गु सङ्क्रमणबाट मृत्युको सङ्ख्या २१० पुगेको जनाइएको छ।
बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) का अनुसार, सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको र चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको छ।
गत २४ घण्टामा डेङ्गुको ९१५ वटा नयाँ सङ्क्रमण पुष्टि भएको छ, जसका कारण यस महिनाको कुल सङ्क्रमण संख्या दश हजार ८७२ पुगेको छ।
डिजिएचएसले यस वर्ष अहिलेसम्म ४१ हजार ८१० डेङ्गुका घटनाहरू दर्ता गरेको जनाएको छ। यस फैलावटलाई रोक्नका लागि बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रण अपरेसनहरू सञ्चालन गर्ने घोषणा गरेका छन्।
बङ्गलादेशमा सन् २०२३ मा डेङ्गु सङ्क्रमणबाट एक हजार ७०५ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मको सबैभन्दा उच्च वार्षिक मृत्यु संख्या हो।
डेङ्गु ज्वरो संक्रमित एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो, जसका बिरामीहरूमा टाउको दुख्ने, उच्च ज्वरो आउने, मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने जस्ता लक्षणहरू देखा पर्छन्।








