अमेरिकामा दशैका लागि खसीका किन्न तीन घण्टा ड्राइभ, सात घण्टा लाइन

ह्यारिसबर्ग पेन्सिल्भेनिया/ काठमाडौँ धापासीका युवराज श्रेष्ठ अमेरिका आएको तीन वर्ष भयो। यस अगाडि उनी १७ वर्ष कतारको दोहामा बसे। यस्तै बाग्लुङ्ग प्रकाश उपाध्याय पनि अमेरिका आएको १४ वर्ष भयो। जब दशै आउँछ युवराज र प्रकाशलाई खसी नै चाहिन्छ।
संयोग दुवै जना मेरिल्याण्ड राज्यमा बस्छन्। उनीहरू डेढ घण्टाको बाटो ड्राइभ गर्दै पेन्सिल्भेनियाको ह्यारिसबर्गमा रहेको फार्ममा खसी किन्न आइपुगे। यो नेपाली भाषी समुदायले सञ्चालन गरेको कृषि फार्म हो।
यिनीहरू मात्र होइन अमेरिकामा रहेका लाखौँ नेपालीलाई अहिले दशैमा खसी किन्न चटारो छ। त्यो भन्दा चटारो फार्म सञ्चालकलाई।
ह्यारिसबर्गमा रहेको फार्मले यस पटकको दशैका लागि मात्र दश हजार वटा खसी बिक्री गर्ने लक्ष्य राखेको छ। खसी किन्न आउनेहरूको चाँप बढे सँगै फार्म हप्तामा सातै दिन बिहान सात बजे देखि नै खुल्ने व्यवस्था गरिएको छ। यसै गरी कामदार पनि दोब्बर पारिएको छ। तर पनि एउटा खसी किन्नका तीन देखि सात घण्टा समय लाग्दछ।
ग्राहकले आफूलाई चाहिने खसी छाने पछि त्यसलाई नम्बर लगाइन्छ। त्यस पछि त्यसको तौल हुन्छ। फारमले खसीको मूल्य दुई प्रकार कायम गरेको छ। ठुलो खसी किन्दा प्रति पाउन्ड सस्तो हुन्छ।
ग्राहकको इच्छा अनुसार खसी तातोपानीमा खुइल्याउने वा छाला काट्ने गरिन्छ। प्रयासले तातो पानीमा खुइल्याउने नै रोज्ने गरेको फारम सञ्चालनको भनाई । विषेश गरी तेल बेसार लगाएको छाला भएको मासु ग्राहकले मन पराउने गरेका छन्।