त्रिकोणात्मक टी-२०मा ओमानमाथि नेपाल ३७ रनले विजयी

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भनेनिया । नेपालले क्यानडामा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजको खेलमा ओमानलाई ३७ रनले पराजित गरेको छ।
आइतवार भएको खेलमा नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा अलआउट हुँदै १३९ रनमै सीमित भएको थियो।
ओमानका लागि शोएब खानले सर्वाधिक ४५ रन बनाए भने रफिउल्लाहले ३३ रनको योगदान गरे।
बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए भने कुशल भुर्तेल र गुलशन झाले २-२ विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो। नेपालका लागि गुलशन झाले सर्वाधिक ४० रन बनाउँदा, कुशल मल्लले ३०, अनिल शाह र आसिफ शेखले समान २७-२७, कुशल भुर्तेलले २०, र दिपेन्द्र सिंह ऐरीले ५ बलमा १८ रन जोडे।
यो नेपालको सिरिजको दोस्रो खेलमा पहिलो जित हो। नेपालले अब सिरिजमा मंगलबार क्यानडासँग र बुधबार ओमानसँग खेल्नेछ।