उप निर्वाचनको कार्यतालिका सार्वजनिक, मंसिर २ मा उम्मेदवारी दर्ता

काठमाडौं। निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ।
कार्यक्रम अनुसार, २०८१ मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ। मनोनयन दर्तापछि सोही दिन बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशित गरिनेछ।
उम्मेदवारको विरोधमा उजुरी दिनका लागि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ। उजुरी जाँचबुझ गरी मंसिर ४ गते बेलुका ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ।
मंसिर ५ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्, र अन्तिम नामावली प्रकाशित गरिसकेपछि उनीहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।
निर्वाचन भने मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। साथै, मंसिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ।