मेरो भ्वाइस र डान्स कप युनिभर्सल हामीले पैसा कमाउन आयोजना गरेका होइनौ : डिल्ली अधिकारी, अध्यक्ष, इन्ट्रा फाउन्डेसन

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले आफूहरूले कुनै पनि नाफा कमाउने उद्देश्यले मेरो भ्वाइस कप र डान्स कप युनिभर्सल आयोजना नगरेको बताएका छन्।
पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा फाउन्डेसनले आयोजना गरेको इन्ट्रा कप भलिबल प्रतियोगिताको समापनमा आइतबार बोल्दै अध्यक्ष अधिकारीले जनवरीबाट दुवै रियालिटी सो शुरु हुने भएकाले दरखास्त दिन पनि आग्रह गरे।
उनले विश्वभरबाट एक सय बिस जना छनौट गरी नेपाल लगिने र उनीहरूको नेपाल जानको हवाई टिकट शुल्क, कार्यक्रम अवधिभरको खाना बस्ने व्यवस्था पनि फाउन्डेसनले नै व्यवस्था गर्ने जानकारी दिए।
अध्यक्ष अधिकारीले नेपाली मौलिक गीत सङ्गीतलाई मात्र आफूहरूले प्राथमिकता दिने पनि प्रस्टाए।
यस्तै अध्यक्ष अधिकारीले मान्छेको राष्ट्रियता परिवर्तन हुन्छ तर जातित्व कहिल्यै परिवर्तन हुँदैन बताएका छन्। अध्यक्ष अधिकारीले जो जहाँ रहे पनि नेपाली पहिचान छोड्नु नहुनेमा पनि जोड दिए।