ट्रम्पले ह्यारिससँगको अर्को बहसमा भाग नलिने

पेन्सिल्भेनिया। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिससँगको अर्को राष्ट्रपति बहसमा भाग नलिने निर्णय गरेका छन्।
ट्रम्पले मङ्गलबार रातिको बहस जितेको दाबी गरे पनि, सर्वेक्षणहरूमा ह्यारिसले बहस जितेको देखाइएको छ। आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको लागि ट्रम्प रिपब्लिकन पार्टीबाट र ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार रहेका छन्। हालसम्मका सर्वेक्षणहरूले दुवैबीच कडा प्रतिस्पर्धा हुने संकेत गरेका छन्।
पूर्व राष्ट्रपति ट्रम्पले बताएका छन् कि अध्यागमन र मुद्रास्फीति जस्ता महत्वपूर्ण विषयमा पहिले नै विस्तृत छलफल भइसकेकोले अर्को बहसको आवश्यकता नरहेको उनले बताएका छन्। उनले बाइडेन प्रशासनलाई ध्वस्त पारेको आरोप लगाउँदै, यसबारे बहसमा पनि कुरा भइसकेको बताए।
सुनको मूल्यमा नयाँ रेकर्ड: तोलामा १ लाख ५६ हजार बढी
ट्रम्पले भने, “जब एक पेशेवर बक्सर हार्छ, उसले सधैं भन्छ कि म पुन: खेल चाहन्छु। मैले कमला ह्यारिससँगको बहस जितेको छु र ह्यारिसले बहस हारेपछि तुरुन्तै अर्को बहसको माग गरेकी थिइन्।”
त्यसैगरी, ट्रम्पले ह्यारिसलाई फक्स न्यूजको बहसमा भाग नलिने र एनबीसी र सीबीएस बहसमा पनि भाग लिन अस्वीकार गरेको आरोप लगाए।
अमेरिकी राष्ट्रपति निर्वाचन नोभेम्बर ५ मा हुने मिति तय गरिएको छ, र यसले आगामी निर्वाचनको दिशा र रणनीतिहरूलाई निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ।