बेल्जियममा चाडपर्व आएसँगै नेपालीका घरमा चोरी बढ्यो

काठमाडौं । युरोपको बेल्जियममा पछिल्लो समय नेपालीहरुको घरमा चोरीका घटनाहरु बढ्न थालेका छन् । चाडपर्व सुरु भएसँगै नेपालीहरुको बाक्लो बसोबास भएको लुभेन, अन्त्वेर्पेन, तिनेन लगायतका ठाउँमा चोरीका घटनाहरु भएका हुन् ।
गैर आवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सिता सापकोटाका अनुसार यो १ महिनाको अवधीमा लुभेनमा मात्रै १० भन्दा बढी नेपालीका घर फोरिएका छन् ।
पछिल्लो समय शनिबार साँझ बुँद्ध बस्नेत र सुनिता बस्नेतको घर फोडेर करिब बुद्द बस्नेत र सुनिता बस्नेतको घर फोरी करिव २० तोला सुन चोरि भएको सामाजिक सञ्जाल फेसबुकमै उल्लेख गरेकी छिन् ।
पलेशालाई कांग्रेस पार्टी कार्यालयमा नगद ५ लाखसहित सम्मान
उनले बेल्जियमको प्रशासन फितलो हो त भन्दै प्रश्न गर्दै दैनिक चोरीका उजुरी परे पनि केही गर्न नसकेको गुनासो गरिन् । घर फोडेरै चोरी हुँदा समेत प्रशासनबाट सहयोग नपाइएको गुनासो पनि नेपालीहरुले गरेका छन् । चोरीका घटनाहरु बढेपछि नेपालीहरु त्रसित रहेको गैर आवासीय नेपाली संघका अभियन्ता तथा बेल्जियम निवासी एवं नेपाली ब्यवसायी लोक दाहालले बताए । २ वर्षअघि पनि आफ्नै रेस्टुरेन्टबाट चोरी भएको घटनाको सिसी टिभी फुटेज देखाउँदा पनि प्रशासनले सहयोग नगरेको बताए ।
अपमानित भएको भन्दै संगिना वैद्यले दिइन राजीनामा
चाडपर्व नजिक आएसँगै नेपालीहरुले गरगहना लकरबाट निकाल्ने र लगाउने गर्छन् । यही मौका छोपेर घरमा चोरी हुने गरेको उनले सुनाए । उनले भने ‘पहिला हामीले प्रशासनसँग कुरा गर्दा अधिकारीहरुले नेपालीहरुले शो गर्न बढी रुचाउँछन्, घर सरे पनि, गाडी, गहना किने पनि जम्मै सामाजिक सञ्जाल फेसबुक लगायतका प्लेटर्फममा पोस्ट गर्छन्, त्यही हेरेर पनि चोरहरु सक्रिय हुन्छन् ।’
बाइडेन अहिलेसम्मकै धेरै बिदा लिने अमेरिकी राष्ट्रपति
अझ कतिपयले विदामा आफू फलानो ठाउँ जान लागेको भन्दै पोस्ट गरेपछि चोर सलबलाउने भएकाले यस्ता गतिविधिहरु नगर्न आग्रह गरेको बताएको दाहालले जानकारी दिए ।