पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा मनाइयो तीज

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर,पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा रहेका नेपाली समुदायले सामूहिक रूपमा तीज मनाएका छन्।नेपाली एसोसिएसन अफ पेन्सिल्भेनियाले आयोजना गरेको तीज उत्सवमा यहाँ रहेका महिला तथा पुरुषले सामूहिक रूपमा तीज मनाएका हुन्।
सहभागीले तीज गीतमा नाचगान गरेका थिए। यस्तै बालबालिकाहरूले पनि नाच प्रस्तुत गरेका थिए।
एसोसिएसनले सहभागीलाई दर खुवाएको थियो। यस्तै विभिन्न विषयमा दीक्षित भएका विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।
यसै बिच एसोसिएसनले तीज उत्सवकै अवसरमा आफ्नो वार्षिक प्रतिवेदन पनि प्रस्तुत गरेको छ। अध्यक्ष अर्चना शर्माले प्रतिवेदन पढेर सुनाएकी थिइन्।
नेपाली एसोसिएसन अफ पेन्सिल्भेनियामा अध्यक्ष सहित सबै कार्यसमिति महिला मात्र छन्।
तीज महोत्सवकै अवसर पारेर एसियन रिफ्युजी युनाइटेड (एआरयु) ले मतदाता नामावली दर्ता सम्बन्धी जनचेतना कार्यक्रम गरेको थियो। एआरयुका सह-कार्यकारी निर्देशक/सीईओ रबिन गुरुङ सहितको टोलीले कार्यक्रम स्थलमा मतादाता नामावली दर्ता सम्बन्धी डेस्क नै राखेको थियो।
अमेरिकामा नोभेम्बर ५ तारिख चुनावको दिन हो। आगामी नोभेम्बरमा भोट गर्न पेन्सिल्भेनियामा अक्टोबर २१ तारिख साँझ ५ बजे सम्म मतदाता नामावली दर्ता गराउनु पर्ने हुन्छ।