नमस्ते फर्निचरले ह्यारिसबर्षमा शाखा विस्तार गर्यो

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग,पेन्सिल्भेनिया/ नेपाली र नेपाली भाषी भुटानी समुदायका व्यसायीहरुको साझेदारीमा पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा नमस्ते फर्निचरको शाखा विस्तार गरिएको छ।
अमेरिकामा नै नेपाली समुदायको पहिलो फर्निचर दाबी गरिएको नमस्ते फर्निचरले टेक्सस राज्यको फोर्थवर्थमा यस अगाडि नै स्टोर सञ्चालन गर्दै आएको छ।
ह्यारिसबर्गको युनियन डिपोजिट रोडमा स्थापना भएको नमस्ते फर्निचरको आइतबार ग्राण्ड ओपनिङ्ग गरिएको छ।
गुरु पुरोहितले विधिपूर्वक पूजा आराधना गरे पछि कलाकार तथा जनप्रतिनिधिहरूले रिबन काटेर नमस्ते फर्निचर ह्यारिसबर्गको उद्घाटन गरे।
नायिका सारङ्गा श्रेष्ठ, नायक मुकेश ढकाल, सुस्केहन्ना टाउनशिप कमिश्नर फ्रेड फेलोना र भुटनीज कम्युनिटी अफ ह्यारिसबर्ग, (बीसीएच) अध्यक्ष तिलक निरौलाले संयुक्त रूपमा रिबन काटेका थिए। उनीहरूले ह्यारिसबर्गमा नेपाली समुदायमा बाट फर्निचर स्टोर खोलिनु सुखद भएको भन्दै शुभ कामना दिए।
‘नमस्ते फर्निचर ह्यारिसबर्ग’ मा ह्यारिसबर्गका बासिन्दा भवानी महत, टेक्सस बासिन्दा पत्रकार तथा चलचित्रकर्मी सुरेश दर्पण पोखरेल, पल्लव पौडेल र रोशन घिमिरेको साझेदारी रहेको बताइएको छ।
नमस्ते फर्निचर ह्यारिसबर्गको अर्को शाखा अब ओहायोमा पनि खोलिने जनाइएको छ।