अमेरिकामा “नेपाली गीत भण्डार” स्थापना
तारा भट्टराई/
न्यु योर्क/ अमेरिकाको भर्जिनिया राज्यको बर्कमा बस्दै आएका सुनील मणि दाहाल स्थानीय समुदायमा परिचित सदस्य हुन्। आफ्नो सामुदायिक कार्यका अलावा, उनी एक प्रतिभाशाली स्वतन्त्र लेखक र गीतकार पनि हुन।
दाहाल प्रधान सम्पादक रहेको अंग्रेजी र नेपाली भाषाको अनलाइन मिडिया प्लेटफर्म – जिएनबी डट कम पनि छ। दाहाल भर्खरै मात्र सार्वजनिक भएको “ममता” गीतका सर्जक र निर्माता पनि हुन्, जुन बेपत्ता ममता काफ्ले भट्टलाई समर्पित छ।
हालसम्म, दाहालले पचासभन्दा बढी गीतका लिरिक्स लेखिसकेका छन्, जसमा चार वटा गीत रेकर्ड भइसकेका छन्। तीन वटा म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन्।
नेपाली संस्कृति र सम्पदालाई प्रवर्द्धन गर्न दाहालले अमेरिकामा “नेपाली गीत भण्डार” स्थापना गरेका छन्। जसको उद्देश्य नेपाल र विदेशमा नेपाली गीतहरूको प्रचार र प्रवर्द्धन गर्नु रहेको उनको भनाई छ।
‘मैले लेखेका नेपाली गीतको विविध सङ्ग्रहको लागि गीत भण्डारको यो साइट अन्तिम गन्तव्य हुने विश्वास लिएको छु।’ नेपाली गीत भण्डार बारेमा दाहालले भने,’मेरा भावपूर्ण नेपाली लोक भाकाका गीतहरू देखि ऊर्जा वान पप, रक र रोमान्टिक गीतहरू सम्म, हाम्रा दर्शकहरूलाई मनोरञ्जन र आनन्द प्रदान गर्न आफ्नै अद्वितीय गीतहरू उत्पादन तथा निर्माण गरी पस्कँदै जाने उद्देश्य लिएको छु।’
‘विशुद्ध रमाइलोको लागि उत्पादन गरिएका नेपाली गीतहरूको भण्डारबाट आफूलाई मन परेका भाकाका गीतहरूमा परिवारसँग बसेर रम्न र झुम्न सकिने वातावरण हामीले मिलाएका छौँ।’ दाहालले आफ्नो उद्देश्य सुनाए।
दाहालका लिरिक्समा रिलिज भएको गीतहरू:
- कैले उकाली, कैले ओराली (स्वर: राम कृष्ण ढकाल)
- साइँलीले लगाई सारी रातो (तीज गीत)- स्वर: अनु ढकाल
- ममता (भर्जिनिया, अमेरिकामा बेपत्ता ममता काफ्ले भट्टमा समर्पित)
रेकर्डिङ सम्पन्न भिडियो निर्माणाधीन – रिलिज हुने तयारीका गीतहरू:
- हावा सरर, मन हरर (स्वर: अस्मिता अधिकारी)
- हिमाल पनि झुक्छ प्रेमको सागरमा (स्वर: सज्जा चौलागाँई)
रेकर्डिङका लागि तयार गीतहरू:
- बुवा
- म रानी प्रेम महल की (अन्जु पन्त)
- तिमी मेरो रानी प्रेम महल की (पुरुष)
- मेरो आँगनकी तुलसी (महिला) – धार्मिक गीत
- होली आयो, नाचौँ कम्मर मर्काएर – होलीको गीत
- ओ मेरी चुलबुल
- सारङ्गीको धुनमा नाची रहेकी छु
- नाम्चे बजारको मायालु कथा
- म दुख्छु
- आधा रातमा चन्द्रमा झुल्कँदा
- भूल भयो, माफ गरी देऊ
- प्रिया, मेरो नजिक आउँ
- सपनाको छाया
- ढली गयो नि दिन
- मेरो माया एकतर्फी
- उर्लेर आयो मन
नेपाली गीत भण्डारको युट्युब च्यानलका लागी तलको लिङ्कमा गएर गीतहरू हेर्न सकिनेछ। यस प्रयासमा सामेल हुनुहोस् र नेपाली जीवन्त आवाजहरूमा डुब्नुहोस्!”
भर्खरै रिलिज भएको “साइँलीले लगाई सारी रातो” नामक तीज गीतका लागी नेपाली गीत भण्डारको युट्युब च्यानल हेर्नुहोस् ।