अमेरिकामा हराएका भनिएका उगेन मगर नेपाल पुगेको पुष्टि

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर / पछिल्लो १५ दिन देखि अमेरिका बेपत्ता भएका भनिएका ३२ वर्षीय उगेन मगर नेपाल पुगेको पुष्टि भएको छ।
‘अहिले दश मिनेट अगाडी उनी घर आइपुगे, छोरो सकुशल छ, अहिले उसले म धेरै केही बोल्न सक्दिन भनेको छ।’ नेपालमा रहेका उगेनका बुबा बेक मगरले समाज टाइम्स सँग भने।
बुधवार मात्र उगेनकी श्रीमती जमुना मगरले आफ्नो श्रीमान् १४ दिन देखि बेपत्ता भएको भन्दै खोजी दिन आग्रह गरेकी थिइन।
जमुनाले श्रीमान् अगस्त १४ तारिख आफ्नो गाडी काममा जान्छु भन्दै गएरको र त्यस पछि घर नफर्किएको बताएकी थिएन। उनले सोही दिन प्रहरीमा निवेदन दिएको पनि बताएकी थिइन्।
यसै गरी नेपालमा रहेका उगेनका आमा बाबुले बुधवार साँझ बेपत्ता छोरा खोजिदिन अपिल गरेका थिए।
‘छोराले अहिले म केही बोल्न सक्दिन भनेको छ, उ सकुशल घर आयो त्यसैमा हामी खुसी छौ तपाईँलाई पनि धन्यवाद।’ उगेनका बुबा बेकले भने।