टेक्ससमा नेपाली विद्यार्थीको गोली हानी हत्या

Getting your Trinity Audio player ready...
|
टेक्सस, अमेरिका/ अमेरिकामा रहेको नेपाली समाजमा फेरि अर्को दुखद घटना घटेको छ। टेक्सस राज्यको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको आफू बसेको अपार्टमेन्ट गोली हानी हत्या भएको छ।
नेपाली एसोसिएसन ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमका अनुसार घटना उनकै अपार्टमेन्टमा भएको हो।
‘ह्युस्टनको वेस्ट एयरपोर्ट ब्यु वर्डमा रहेको आफ्नै अपार्टमेन्टमा गोली लागि मृत्यु भएको अवस्थामा भेटियो,’ गौतमले समाज टाइम्स सँग भने, ‘स्थानीय प्रहरीले सोमवार साँझ पोस्टमार्टमका लागि भन्दै लास लगेको छ।’
गौतमका अनुसार शनिवार देखि नै पाण्डेको फोन बन्द थियो। ‘उनको फोन शनिवार देखि नै बन्द रहेछ, अज्ञात ठाउँबाट फोन आए पछि प्रहरीमा खबर भएको रहेछ।’ गौतमले भने।
निधन भएकी २१ वर्षीय पाण्डे भोजपुरकी भएको बताइएको छ। उनी तीन वर्ष अगाडि अध्ययनका लागि अमेरिका आएकी थिइन्। उनी कम्युनिटी कलेजमा अध्ययनरत थिइन्।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको भनेको छ। पाण्डेकी नेपालमा आमा मात्र भएको जनाइएको छ।