पासाङ ल्हामू शेर्पाको सम्मानमा चन्द्रमाको एक पहाडको नामकरण गर्ने अमेरिकाको घोषणा

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ अमेरिकी भू वैज्ञानिक सर्वेक्षण (युएसजीएस) ले चन्द्रमाको एक पहाडको नामकरण सगरमाथा आरोहण गर्ने सफल प्रथम नेपाली महिला पासाङ ल्हामू शेर्पा नाममा गर्ने घोषणा गरेको छ।
काठमाडौँ स्थित अमेरिकी दूतावासले सो घोषणाको पुष्टि गरेको हो।
‘अन्तर्राष्ट्रिय खगोलीय संघ (आइएयु) को ग्रह प्रणाली नामकरण कार्य समूहले चन्द्रमाको एक क्रेटरलाई “ल्हामू” नाम स्वीकृत गरेको अमेरिकी भूगर्भ सर्वेक्षणले घोषणा गरेको छ।’ काठमाडौँ स्थित अमेरिकी दूतावासले मंगलवार जनाएको छ।
‘सगरमाथा आरोहण गर्ने सफल प्रथम नेपाली महिला पासाङ ल्हामू शेर्पालाई सम्मानित गर्न र उहाँको अतुलनीय उपलब्धिलाई मनाउन चन्द्रमाको दक्षिण ध्रुवको एक महत्त्वपूर्ण पर्वतको शिखरमा रहेको क्रेटरलाई अमेरिकी भू वैज्ञानिक सर्वेक्षण (युएसजीएस) ले “ल्हामू क्रेटर” नामकरण गरेको छ।’ सूचनामा भनिएको छ।
दूतावासको सूचनामा अगाडि भनिएको छ। ‘पासाङ ल्हामू शेर्पाको उपलब्धिले युवा नेपाली महिलाहरूका लागि सफलताको बाटो खोलिदिएको छ र विश्वभरिका अनगिन्ती महिलाहरूलाई अझ उच्च लक्ष्यमा पुग्न प्रेरित गरेको छ।’ घोषणाबारेमा भनिएको छ, ‘अमेरिकाले पासाङ ल्हामू शेर्पाको विरासतलाई मान्यता दिँदै र यो ऐतिहासिक सम्मानलाई नेपालसँग मिलेर मनाउन गर्व गर्दछ।’