एनआरएनए पेन्सिल्भेनिया च्याप्टरको ल्यानक्यास्टरमा पिकनिक

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत पेन्सिल्भेनिया च्याप्टरले यसै सता पिकनिक आयोजना गर्ने भएको छ।
च्याप्टर अध्यक्ष जयन्द्र लामाका अनुसार जुलाई २८ तारिख आइतबार ल्यानक्यास्टरको लङ्स पार्कमा बिहान साँढे आठ देखि साँझ आठ बजे सम्म पिकनिक कार्यक्रम राखिएको छ।
‘मुख्यतया पेन्सिल्भेनियामा रहेका नेपालीभाषीहरुबीचमा भेटघाट, नयाँ पुराना बिच परिचयका लागि हामीले कार्यक्रम आयोजना गर्न लागेका हौ।’ अध्यक्ष लामाले समाज टाइम्स सँग भने।
च्याप्टर उपाध्यक्ष अभिषेक थापाका अनुसार पिकनिकमा नाम सहभागी हुन जुलाई २४ तारिख भित्र नाम दर्ता गराउनु पर्ने हुन्छ।
यस्तै पिकनिकमा सहभागी हुन दश डलर शुल्क तिर्नु पर्ने छ। १२ वर्ष भन्दा मुनीका लागि भने शुल्क लाग्ने छैन।