नेपालमा राजदूत भएका क्वात्रा अमेरिकाकाे भारतीय राजदूत नियुक्त

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया । विनय मोहन क्वात्रा अमेरिकाका लागि नयाँ भारतीय राजदूत नियुक्त भएका छन् । भारतको मन्त्रिपरिषद्को बैठकले उनलाई अमेरिकाका लागि नयाँ राजदूतमा नियुक्त गर्ने निर्णय गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
लामोसमय भारतीय विदेश सेवामा कार्यरत क्वात्रा २०७६ माघमा राजदूत भएर काठमाडौं आएका थिए । त्यसअघि उनी फ्रान्सको राजदूत पनि भएका थिए । भारतीय विदेश मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा विनय मोहन क्वात्राको नियुक्तिको पुष्टि गरेको छ ।
अब छिट्टै उनले यो पदको जिम्मेवारी सम्हाल्नेछन् । भारतका विदेश सचिवको हैसियतमा विनय मोहन क्वात्राले धेरै अन्तर्राष्ट्रिय मुद्दाहरूमा भारतको अडानलाई दृढतापूर्वक प्रस्तुत गरेका छन्।
विनय मोहन क्वात्रा १९८८ ब्याचका भारतीय विदेश सेवा अधिकारी हुन्, जसलाई मोदीले बढी विश्वास गर्ने अधिकारीहरू मध्ये एक मानिन्छन् ।