इस्काले जित्यो यु एस राष्ट्रिय करातेमा चार पदक

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ इन्टरनेश्नल सितोरियो कराते एसोसिएसन(इस्काले ) युएस राष्ट्रिय करातेमा एक स्वर्ण सहित चार पदक जितेको छ।
इस्का अमेरिकामा रहेका नेपाली भाषीहरूको संस्था हो। यस अन्तर्गत अमेरिकामा चार डोजो छन्।
युएसए राष्ट्रिय कराते महासङ्घद्वारा आयोजित राष्ट्रिय कराते च्याम्पियनसिप जुलाई ११ देखि १४ सम्म लुइसियानाको लाफायतमा भएको थियो।
इस्काका अध्यक्ष शिव जोगीका अनुसार ओहायो कोलम्बस समिर लिम्बुले १७ वर्ष उमेर समूहको एडभान्स कातामा स्वर्ण पदक जितेका हुन्।
यस्तै ओहायो सिनसिटीका विकल्प पौडेलले दोहोरो पदक पाए। उनले १८ देखि ३४ वर्ष इन्टरमिडियटमा कातामा रजत र कुमितेमा कांस्य पदक पाए।
१४ वर्ष एडभान्समा विकेश पौडेलले रजत पदक जिते। यस्तै १८ देखि ३४ वर्ष इन्टरमिडियटमा प्रजोलिस गुरुङले कांस्य पदक पाए।
टिम इस्काको प्रशिक्षक सायल जोगी थिए।
इस्का अध्यक्ष शिव जोगीले नतिजा अपेक्षाकृत नभए पनि सन्तोष गर्ने खालको भएको बताए।
‘अपेक्षा त सबैको स्वर्ण नै आइदियोस् भन्ने नै हो, विवेक पौडेलको पनि हामीलाई आस थियो, तर पनि जति भयो राम्रै छ।’ समाज टाइम्स सँगको कुराकानीमा जोगीले भने।