अमेरिकाको लामो नदी मिजोरी
कमल खनाल
मैले हाई स्कुलमा नै हो अमाजोन,नायल,याङ्गटेज र मिसिसिपि नदी संसारका लामा नदीहरू हुन भनेर पढेको। अनि नदीहरूको सभ्यता, सिन्धु घाँटी,मिश्र र इजिप्टको सभ्यताका बारेमा पढेको । सभ्यता पढ्दा मानव विकासका चरणहरूसँगै,बसोबास,खानपान,यातायात र सिकार जीवनका बारेमा पनि पढिन्थ्यो। मानव सभ्यताको विकास नदी किनारहरूबाट भएको भनेर पढ्दा रमाइलो लाग्थ्यो। त्यसैले नदी किनारका वरपर बस्ने मानिसहरूको बारेमा मेरो दिमागमा काल्पनिक प्रभाव परेको थियो।
मिसिसिपि नदिका बारेमा मेरो मस्तिष्कमा अझ बेसी प्रभाव परिरहेको थियो। त्यहाँ बस्ने मानिसहरूको दैनिक क्रियाकलापका बारेमा एउटा धारणा बनेको थियो। अनि मिसिसिपि नदी कस्तो होला? कहाँबाट सुरु भएको होला ? कहाँ पुगेर अन्त्य होला? नदी किनारमा बस्ने मानिसहरूको जीवन कस्तो होला? के खान्छन् होला ? कसरी बसेका होलान् ? यस्ता जिज्ञासाले मेरो बाल मस्तिष्कलाई गिजोलिरहेको हुन्थ्यो। अनि लाग्थ्यो नदी किनारबाट कसरी मानव सभ्यताको विकास हुन्छ ? जस्ता प्रश्नहरू आइरहन्थे।
नदी किनारबाट नै मानव सभ्यताको विकास भएको हो भन्ने विषयले उत्सुकता पैदा गराइरहन्थ्यो। संसारका लामा नदीहरूमा मिसिसिपि नदीको नाम आउँथ्यो। नेपाली पाठ्यक्रममा समावेश गरिएको भूगोलको किताबमा यी पाठ्य बस्तुहरू राखिएका थिए। जब नदीको कुरा आउँथ्यो, सभ्यताका कुरा आउँथ्यो। म पढ्ने विद्यालयको पाँच सय मिटर तलबाट बग्ने सेती र मादी नदीलाई सम्झिन्थे। सेती र मादी नदी जस्तै कल्पनामा मिसिसिपि नदीलाई पनि राखेको थिए। मिसिसिपि नदी पनि सेती र मादी नदी जस्तै ठुलो होला ,नदीको पानी निर्मल,कन्चन र स्वच्छ होला जस्तो लागिरहन्थ्यो।
हाम्रा नदी किनारमा मानव बस्ती देखिदैन्थे। नदीहरू पहाडका खोचबाट आफैले बाटो बनाएर अप्ठ्यारो बाटो हुँदै बगिरहेका थिए। हुन त भूगोलको प्रभाव पनि हुन सक्छ। कास्कीबाट बग्दै आएकी सेती र लम्जुङ्गबाट बग्दै आएकी मादी नदी कुन लामो होला भन्ने जिज्ञासा सँगसँगै यी नदीहरूको स्वतन्त्र अस्तित्व कहाँ पुगेर समाप्त हुन्छ भन्ने लागिरहन्थ्यो।
दमौली ब्यासको संगममा आएर मादी र सेती नदीको भेट भएपछि र मादी नदीले आफ्नो पुरै अस्तित्व सेती नदीमा समाहित गरेर सेतीकै नामबाट विभिन्न पहाडका खोचहरू पार गर्दै दक्षिण तिर बगिरहेका थिए । हुन त धेरै नदीहरू आफूभन्दा शक्तिशाली र ठुला आकार भएका नदीहरूमा आफूलाई समाहित गरिरहेका हुन्छन्। जहाँ समाहित भयो त्यहीबाट अर्कै नाममा निरन्तर बगिरहेका हुन्छन्। यो एउटा नियम हो जसलाई प्रकृतिले पनि पालना गरिरहेको हुन्छ। गोर्खा र धादिङको बिचबाट आएकी बूढी गण्डकी नदी रसुवा र नुवाकोट हुँदै आएकी त्रिसुली नदीले पनि बुढी गण्डकीलाई आफूमा समाहित गरेर त्रिसुली कै नाममा बगिरह्यो।
जब त्रिसुली नदी गाई घाटको कामधेनु पहाड मुनि सेती नदीसँग भेट भयो त्यस पछि त्रिसुली नदीले सेती नदीलाई समाहित गराएर त्रिसुलीकै नाममा अगाडि बढ्दा देवघाटमा काली नदीसँग भेट भयो। अब सबैको अस्तित्व मेटिँदै गएर नारायणी नदीको नामले सबै नदीहरूले एकैसाथ आफ्नो यात्रालाई निरन्तरता दिइरहे। पूर्वमा दुधकोसी,सुनकोसी र अरुण समाहित कोशी नदीमा समाहित भए। प्रकृतिमा पनि ठुलाले सानाको अस्तित्व स्वीकार गर्ने र सानाले पनि ठुलालाई सम्मान गर्ने प्रकृति प्रदत्त आचरण र व्यवहार देख्न सकिने रहेछ।
हुन त मेरो पढाइको समय र मानव सभ्यताको विकासको समय हजारौँ हजार वर्षको अन्तर छ। यहाँ देखेका र नाम लिएका नदीहरूको इतिहास पनि युगौँ युग लामो छ। त्यसैले मैले मिसिसिपि नदी पढ्दा र हाम्रा नदिहरूलाइ देख्दाको समयसँग मात्र तुलना गरिरहेको छु। हाम्रा नदीहरू पनि आफ्नै इतिहास र अस्तित्व बोकेर बगिरहेका छन्। हाम्रा हरेक नदीहरूले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकिरहेका छन्।
हाम्रा नदीहरूको सङ्गमहरू कुनै न कुनै ऋषि मुनिहरूको उत्पत्ति र बसोबासका हिसाबले प्रख्यात छन्। तर हाम्रो प्रचारात्मक अभियान कमजोर भएकोले हाम्रा नदीहरूले प्राप्त गरेका ऐतिहासिक महत्वहरू विश्व मानचित्रमा उतार्न सकिएको छैन। तथ्यहरू रोचक छन्। ऋषि मुनिहरूको उत्पत्ति र क्रिडास्थल बनेका हाम्रा नदिका सङ्गमहरू ,मानव विकासको सभ्यता भन्दा पनि अझ उच्चतम सांस्कृतिक र धार्मिक स्थलहरू बनेर बसिरहेका छन्। हाम्रा पुरै नदिका सङ्गमहरू धामका नाममा प्रख्यात छन्। चतरा धाम,त्रिवेणी धाम ,ब्यास भूमि ,देवघाट धाम र रिडी धाम जस्ता अत्यन्तै महत्वका स्थानहरूले मानव सभ्यताको मात्र होइन कि ऋषि सभ्यताको विकासमा महत्त्व राखेका छन्।
आज मलाइ तिनै कुराहरूको सम्झना आइरहेको छ। नाइल नदी,अमाजोन नदी याङ्गटेज नदी र मिसिसिपि नदिका बारेमा पढ्दा मलाइ बडो रमाइलो लागिरहन्थ्यो। त्यही रमाइलोको सम्झना आज आइरहेको छ। मलाइ लागिरहेको छ कि मानव सभ्यता बोक्ने नदीहरू र ऋषि सभ्यता बोक्ने नदीहरूको तुलनात्मक शक्ति लेखन हुन सकेको छैन। यदि त्यसरी लेखिँदो हो भने हाम्रा नदी किनारहरूमा विकास भएका ऋषि सभ्यताहरू पनि संसार भर पढिन्थ्यो होला। हाम्रा पूर्वज र विद्धानहरूको कमजोरी यही देखिएको छ। नत्र अमाजोन, नाइल, याग्टेज र मिसिसिपि नदिहरूलाइ जुन महत्वकासाथ पढाइएको छ। जे पढाइएको छ त्यो भन्दा कैयौँ गुना महत्वका साथ हाम्रा नदीहरू पढिन्थे होलान्। अझै पनि ध्यान दिने हो भने इतिहास मजबुत हुने र पुस्तान्तरण हुँदै जाँदा तथ्यपरक, बलियो र रोचक इतिहास बन्थ्यो होला। मुलुकलाई समृद्ध गराउन पनि यस्ता तथ्यहरूको उजागर हुन जरुरी हुन्छ।
मानव सभ्यताको कुरा गर्दा नदी किनारको मानवीय जीवनबाट आजको मानवीय जीवनमा आइपुग्न गरिएका प्रयास र पुस्तान्तरण हुँदै आउँदा भएका विकासले के के सिकायो र कस्ता क्रियाकलापहरू गरिँदै आए कति चरणहरू पार गर्दै आउँदा आजको मानव समाजको विकास भएको होला? यी रमाइला तथ्यहरू सँगै लामा नदीहरू नाइल अमाजोन,याङ्गटेज र मिसिसिपि नदी हुन भनेर पनि पढियो । मलाइ त्यति बेला पढिएको धेरै कुराको सम्झना छैन। तर संसारका लामा नदीहरूको नाम लिँदा अमाजोन,नाइल र मिसिसिपिको नाम मात्र सम्झना आउँछ। याङ्गटेज नदीको नाम त्यति आउँदैनथ्यो।
नाम नै भन्न अप्ठेरो भएर हो कि भुलेर हो त्यो नदीको नाम अहिले पनि सजिलै आउँदैन। तर नाइल,अमाजोन र मिसिसिपि नदीहरूको नाम रमाइलो लागेर हो वा भन्न सजिलो भएर हो सधैँ नै सम्झनामा आई नै रहे । आजका दिनमा पनि नाइल ,अमाजोन र मिसिसिपि नामको प्रभाव म मा परिरहेको छ। नाइल,अमाजोन, याग्टेज र मिसिसिपि कुन कुन देशमा पर्छन् भन्ने कुरा पनि त्यति ख्याल गरिएको थिएन। ४१६८ माइल लामो नाइल नदी पूर्वी अमेरिका हुँदै बुरून्डी,रुवान्डा,तान्जानिया,केन्या,डोमेनिक रिपब्लिक अफ कङ्गो,युगान्डा,इथियोपिया,दक्षिण सुडान, सुडान हुँदै इजिप्टमा गएर महासागरमा समाहित हुन्छ। यस्तै अमाजोन नदीले ३९७७ माइलको दुरी नर्थ र साउथ अमेरिका हुँदै पेरु कोलम्बिया र ब्राजिलमा पुगेर आफ्नो अस्तित्व समाप्त गर्छ भने ३९१५ माइल पार गरेर एउटै देश चाइना भित्र नै याङ्गटेज नदीले यात्रा टुग्याउछ।
हुन त मेरो पढाइको समय र मानव सभ्यताको विकासको समय हजारौँ हजार वर्षको अन्तर छ। यहाँ देखेका र नाम लिएका नदीहरूको इतिहास पनि युगौँ युग लामो छ। त्यसैले मैले मिसिसिपि नदी पढ्दा र हाम्रा नदिहरूलाइ देख्दाको समयसँग मात्र तुलना गरिरहेको छु। हाम्रा नदीहरू पनि आफ्नै इतिहास र अस्तित्व बोकेर बगिरहेका छन्। हाम्रा हरेक नदीहरूले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकिरहेका छन्।
हाम्रा नदीहरूको सङ्गमहरू कुनै न कुनै ऋषि मुनिहरूको उत्पत्ति र बसोबासका हिसाबले प्रख्यात छन्। तर हाम्रो प्रचारात्मक अभियान कमजोर भएकोले हाम्रा नदीहरूले प्राप्त गरेका ऐतिहासिक महत्वहरू विश्व मानचित्रमा उतार्न सकिएको छैन। तथ्यहरू रोचक छन्। ऋषि मुनिहरूको उत्पत्ति र क्रिडास्थल बनेका हाम्रा नदिका सङ्गमहरू,मानव विकासको सभ्यता भन्दा पनि अझ उच्चतम सांस्कृतिक र धार्मिक स्थलहरू बनेर बसिरहेका छन्। हाम्रा पुरै नदिका सङ्गमहरू धामका नाममा प्रख्यात छन्। चतरा धाम,त्रिवेणी धाम ,ब्यास भूमि ,देवघाट धाम र रिडी धाम जस्ता अत्यन्तै महत्वका स्थानहरूले मानव सभ्यताको मात्र होइन कि ऋषि सभ्यताको विकासमा महत्त्व राखेका छन्।
आज मलाइ तिनै कुराहरूको सम्झना आइरहेको छ। नाइल नदी,अमाजोन नदी याङ्गटेज नदी र मिसिसिपि नदिका बारेमा पढ्दा मलाइ बडो रमाइलो लागिरहन्थ्यो। त्यही रमाइलोको सम्झना आज आइरहेको छ। मलाइ लागिरहेको छ कि मानव सभ्यता बोक्ने नदीहरू र ऋषि सभ्यता बोक्ने नदीहरूको तुलनात्मक शक्ति लेखन हुन सकेको छैन। यदि त्यसरी लेखिँदो हो भने हाम्रा नदीकिनारहरूमा विकास भएका ऋषि सभ्यताहरू पनि संसार भर पढिन्थ्यो होला। हाम्रा पूर्वज र विद्धानहरूको कमजोरी यही देखिएको छ। नत्र अमाजोन,नाइल,याग्टेज र मिसिसिपि नदिहरूलाइ जुन महत्वकासाथ पढाइएको छ। जे पढाइएको छ त्यो भन्दा कैयौँ गुना महत्वका साथ हाम्रा नदीहरू पढिन्थे होलान्। अझै पनि ध्यान दिने हो भने इतिहास मजबुत हुने र पुस्तान्तरण हुँदै जाँदा तथ्यपरक, बलियो र रोचक इतिहास बन्थ्यो होला। मुलुकलाई समृद्ध गराउन पनि यस्ता तथ्यहरूको उजागर हुन जरुरी हुन्छ।
मानव सभ्यताको कुरा गर्दा नदी किनारको मानवीय जीवनबाट आजको मानवीय जीवनमा आइपुग्न गरिएका प्रयास र पुस्तान्तरण हुँदै आउँदा भएका विकासले के के सिकायो र कस्ता क्रियाकलापहरू गरिँदै आए कति चरणहरू पार गर्दै आउँदा आजको मानव समाजको विकास भएको होला? यी रमाइला तथ्यहरू सँगै लामा नदीहरू नाइल अमाजोन,याङ्गटेज र मिसिसिपि नदी हुन भनेर पनि पढियो ।
मलाइ त्यति बेला पढिएको धेरै कुराको सम्झना छैन। तर संसारका लामा नदीहरूको नाम लिँदा अमाजोन,नाइल र मिसिसिपिको नाम मात्र सम्झना आउँछ। याङ्गटेज नदीको नाम त्यति आउँदैनथ्यो। नाम नै भन्न अप्ठेरो भएर हो कि भुलेर हो त्यो नदीको नाम अहिले पनि सजिलै आउँदैन। तर नाइल,अमाजोन र मिसिसिपि नदीहरूको नाम रमाइलो लागेर हो वा भन्न सजिलो भएर हो सधैँ नै सम्झनामा आई नै रहे । आजका दिनमा पनि नाइल ,अमाजोन र मिसिसिपि नामको प्रभाव म मा परिरहेको छ। नाइल ,अमाजोन, याग्टेज र मिसिसिपि कुन कुन देशमा पर्छन् भन्ने कुरा पनि त्यति ख्याल गरिएको थिएन। ४१६८ माइल लामो नाइल नदी पूर्वी अमेरिका हुँदै बुरून्डी,रुवान्डा,तान्जानिया,केन्या,डोमेनिक रिपब्लिक अफ कङ्गो,युगान्डा,इथियोपिया,दक्षिण सुडान, सुडान हुँदै इजिप्टमा गएर महासागरमा समाहित हुन्छ। यस्तै अमाजोन नदीले ३९७७ माइलको दुरी नर्थ र साउथ अमेरिका हुँदै पेरु कोलम्बिया र ब्राजिलमा पुगेर आफ्नो अस्तित्व समाप्त गर्छ भने ३९१५ माइल पार गरेर एउटै देश चाइना भित्र नै याङ्गटेज नदीले यात्रा टुग्याउछ।
मैले यहाँ विशेष रूपमा उल्लेख गर्न खोजेको विषय चाहिँ मिसिसिपि नदी हो। मेरो कल्पनाको मिसिसिपि र साक्षात् मिसिसिपिका बारेमा हो। मेरो कल्पनाको मिसिसिपि नदी बडो रमाइलो थियो। लामो थियो। ठुलो थियो। सुन्दर थियो। नदिका दोहोरो किनारहरूमा मानव बस्ती थियो। कहीँ पहाडको खोचबाट,कहीँ जङ्गलको बिचबाट, कहीँ बस्तीहरूको बिचबाट, कहीँ फराकिला जमिनका बिचबाट नदी बगिरहेको थियो। त्यति लामो नदी कहाँ पुगेर अन्त्य हुन्छ। कहाँ पुगेर मिसिसिपि नदीले आफ्नो अस्तित्व कसरी गुमाउँछ त्यो भने थाहा थिएन।पढाएका सबै कुराहरू मेरो सम्झनामा थिएनन्। केवल लामा नदीहरू मध्येमा मिसिसिपि नदीको सम्झना भने बारम्बार आइरहन्थ्यो। मिसिसिपि कहाँ होला ? कस्तो होला? कुनै दिन त्यहाँ पुगिन्छ कि पुगिँदैन होला जस्तो लागि रहन्थ्यो।
पहिलो पटक म अमेरिका आउँदा एक असल मित्रका साथमा म बोष्टनमा बसेको थिए। मेरा अर्का एक मित्र सँग फोनमा कुराकानी भएको थियो। मैले उनलाई भेट्ने मनसायले टेलिफोन गरे। सोधे तपाइ कहाँ हुनुहुन्छ? उनले भने म मिसिसिपिमा छु।उनले त्यति भने पछि मेरो मनमा मिसिसिपिको उत्सुकता अझ बढेर आयो। कस्तो, कस्तो अनुभूति भयो। मन चुलबुल भइरह्यो । मिसिसिपि जाँउ जाँउ जस्तो लाग्यो। मलाइ पढाइएको मिसिसिपि नदीको आकार, प्रकार ,पानीको बहाव त्यसले बनाएको बाटो हेर्ने औधी रहर थियो। त्यसको आकार ,प्रकार, बहाव र पानीले ओगट्दो क्षेत्र समेतलाई नजिकबाट अनुभव लिउ भन्ने लागिरहन्थ्यो। तर मैले चाहेर मात्र सम्भव थिएन।
आज मलाइ त्यो पुरानो सम्झना सहित ताजा मिसिसिपिका बारेमा केही लेख्न मन लागिरहेको छ। जे देखे, जे बुझे त्यो अनुभवलाई लेख्न मन लागेको छ। मिसिसिपि नदी संसारकै लामो नदी भनेर पढिन्थ्यो।जब मिसिसिपिलाई नजिकबाट पढियो अनि थाहा भयो। मिसिसिपि नदी त अमेरिकाको दोस्रो लामो नदी र संसारको चौथो लामो नदी पो रहेछ। मिसिसिपि भन्दा लामो त अमेरिका कै मिजोरी नदी पो रहेछ। के पढियो? के सुनियो ? के देखियो ? पढ्ने ,सुन्ने र देख्नेमा कति धेरै फरक आउँदो रहेछ। आज थाहा पाउँदै छु। जब म कान्सास पुगे मिजोरी र कान्सास जोडिएका राज्य रहेछन्।
नर्थक्यारोलिनाबाट कान्सास जाँदा असङ्ख्य नागबेली परेर दक्षिण तिर बगेका नदीहरू देख्दा रमाइलो लागिरह्यो । कस्तो नागबेली आकारमा बगेका। जमिनसँग पानीको कस्तो सम्बन्ध जोडिदिएको प्रकृतिले। आहा ! कस्तो सुन्दर दृश्य। जब कान्सास पुगे तब थाहा भयो ती नागबेली आकारमा बगेका नदीहरू त मिजोरी र मिसिसिपि नदी पो रहेछन्। सम्बन्धका हिसाबले मिजोरी र मिसिसिपि हाम्रा सेती र मादी नदी जस्ता रहेछन्। पूर्व र पश्चिम रहेका तर उत्तरबाट दक्षिण तिर झरेका र एक आपसमा समाहित भएर बगिरहेका रहेछन्।
मिजोरी नदी
मिजोरी नदीको मुख्य स्रोत रकी पर्वतहरू रहेछन्। यो नदी दक्षिण पश्चिम मोन्टानाबाट सुरु भएर समुद्री सतहभन्दा ९१०० फिट उचाइबाट पश्चिम र उत्तरतिर बग्ने रहेछ। विभिन्न ताल र नदीहरू मिल्दै मिजौरी नदीले आफ्नो आकार बढाउँदै फैलँदै अगाडि बढिरहेको रहेछ। जति मिजोरी नदी अगाडि बढ्दै जान्छ त्यति नै प्रशस्त ताल तलैया र सहायक नदीहरू मिसिँदै जाँदा नदीको आकार बढ्दै जाँदो रहेछ । कतिपय स्थानमा फरक फरक राज्यका सिमानाबाट बगिरहेका रहेछन्।
दक्षिण डकोटा र नेब्रास्काको सिमाना बनाउँदै जाँदा मिजोरीले आयोवा-नेब्रास्का सीमा पनि बनाउन पुगेको रहेछ। यसले नेब्रास्का र मिजोरी राज्यहरू बिचको सीमा छुट्टाइदिएको हुन्छ। त्यसपछि मिजोरी र कान्सास राज्यहरूको बिच भागबाट बग्छ। मिजोरी नदी कन्सास शहरमा पूर्वतिर घुम्छ, जहाँ कन्सास नदी पश्चिमबाट प्रवेश गर्छ र उत्तर-मध्य मिजोरीमा मिसिन्छ। कन्सास शहरको पूर्वमा, मिजोरीले बायाँ तिर, ग्रान्ड नदी प्राप्त गर्दछ। मिजोरी नदीले आकार बढाउँदै जाँदा जब सेन्ट लुइस को उत्तरी छेउ घुमेर इलिनियोसको सेन्ट लुइसमा पुगेपछि मिजोरी र इलिनोइस बिचको सीमामा मिजोरी नदी मिसिसिपी नदीमा मिसिन्छ। र मिजोरीले आफ्नो पुरै अस्तित्व मिसिसिपिमा समाहित गरिदिन्छ। मिसिसिपिमा मिसिनु पूर्व मिजोरी नदीले २३१५ माइलको दुरी पार गरिसकेको हुन्छ।
मिसिसिपि नदी
मिसिसिपी नदीको उत्पत्ति मिनिसोटा राज्यको इटास्का लेकबाट सुरु भएर २३४० माइल दुरी पार गरेर गल्फ अफ मेक्सिकोमा पुगेर विलय हुने रहेछ।अमेरिकाका दश राज्यहरूलाई आफ्नो शक्ति र सम्बन्ध देखाउँदै बगिरहेको मिसिसिपि नदी सेन्टलुइस आइपुग्दा अझ ठुलो आकार ग्रहण गर्छ।अमेरिकी अस्तित्व दर्साउँदै मेक्सिको गल्फ सागरमा पुगेर आफूलाई समाहित गर्छ।
सेन्टलुइसमा भेट हुनु पहिले मिजोरी र मिसिसिपि आ-आफ्नै अस्तित्वमा सहायक नदी र लेकहरूलाई आफूमा समाहित गर्दै जमिन सँग सम्बन्ध राख्दै कहिले उत्तर, कहिले पश्चिम हुँदै दक्षिणी गन्तव्य पार गर्न निरन्तर बगिरहेका हुन्छन्। प्रकृतिको रचना पनि कसरी भएको होला? कसले गरेकोहोला? हेर्दा नै मन आनन्दित हुने जमिन,पानी जङ्गल र मानिस बिचको सम्झौता कसरी भयो होला? कल्पना मात्र गर्न सकिन्छ। भन्न सकिने अवस्था छैन।
जे होस अनन्तकाल देखिको यो सम्बन्ध आजसम्म देख्न सकिन्छ। नदीहरूले आफ्नो बाटो आफै निर्धारण नगरेको भए यति सुन्दर नागबेली आकार कसरी निर्माण हुन्थ्यो होला र ! सबैलाई खुसी दिँदै गन्तव्यमा पुग्ने लक्ष्य कसरी पुरा हुन्थ्यो होला? नागबेली आकार नभई सोझो बाटो रोजेको भए चौथो लामो नदीको इतिहास रच्न कसरी सक्थ्यो?मिसिसिपि नदीले। संसारकै चौथो लामो नदी भनेर कसरी नाम आउँथ्यो होला। यस्तो अनुपम सौन्दर्य पनि प्राप्त हुन्थेन होला।
नदीले लिएको बाटोले नै त्यो आकार सौन्दर्य प्राप्त भएको हो र लम्बाई कायम गर्न सकेको हो नत्र अर्कै नाम पढिन्थ्यो होला। हामीले नदीहरूका विभिन्न पक्षमा पढ्दा नदीको सभ्यता देखि लम्बाइसम्मका विषयमा पढियो। तथ्य पढिएको भए पनि काल्पनिक रूपमा स्वरूप र आकार बिनाको पढाइ र आजको सच्याइमा कति ठुलो अन्तर हुने रहेछ। जे होस त्यति बेला पढेको सम्झना यति बेला दृश्यमा साक्षात् हुन पाउँदा छुट्टै अनुभूति हुने रहेछ ।
किताबमा पढ्दा नदीको सैद्धान्तिक पक्षमा मात्र पढियो। नदी र घाटीका सभ्यता पढेर सकियो। त्यसको प्रभाव र विकासका बारेमा अझै पढ्न र अध्ययन गर्न बाकी नै होला तर साक्षात् दृश्यले दिने अनुभूति भने अतृप्त थियो। कल्पनामा सीमित मिसिसिपि र दृश्यमा अनुभूत पिसिसिपिमा कत्रो अन्तर? जे होस मैले मिसिसिपि नदीलाई नजिकबाट निशायाले र काल्पनिक मिसिसिपिलाइ साक्षात् मिसिसिपिको अनुभवमा रमाए।
आज मलाइ त्यति बेला पढेको सम्झना आइरहेको छ। व्यवहारिक रूपमा नै मैले आज मिसिसिपिको उत्पत्ति ,इतिहास ,सभ्यता ,आकार गन्तव्य ,स्वरूप र लम्बाइका बारेमा काल्पनिक मिसिसिपिलाइ साक्षात् मिसिसिपिमा परिणत गरेको छु। प्रकृतिले पनि कस्तो सुन्दर रचना गरेको होला। हेरेरै पनि नअघाइने पृथ्वीसँग सम्झौता गरेर नै उत्पत्ति गरिएको जस्तो लागिरह्यो। यी दृश्यहरू।