भारी वर्षापछि फ्लोरिडामा आपत्काल घोषणा
![usa_final_jodjbQMfUm usa_final_jodjbQMfUm](https://samajtimes.com/wp-content/uploads/2024/06/usa_final_jodjbQMfUm.jpg)
पेन्सिल्भेनिया । अमेरिकाको फ्लोरिडाका केही ठाउँमा लगातारको भारी वर्षाका कारण आपत्कालको घोषणा भएको छ ।
गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका केही भागमा लगातार भारी वर्षा भएपछि ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा गरेका हुन् ।
मियामीको राष्ट्रिय मौसम सेवाले हल्यान्डेल र हलिउडसहित ब्रोवार्ड र मियामी–डेड राज्यका केही भागमा अझै पनि बाढीले घर, कार्यालय र सडकहरूलाई असर गरिरहेको जनाएको द न्यूयोर्क टाइम्सले जनाएको छ ।
अमेरिकामा सबैभन्दा लामो तटरेखा भएको फ्लोरिडा राज्य र मेक्सिको खाडी एटलान्टिक महासागर र फ्लोरिडा स्ट्रेटबीचको प्रायद्वीप हो ।