रोकिएन झरी, समर्थक भन्छन् खेल नहेरी फर्कनु कसरी

Getting your Trinity Audio player ready...
|
फोर्ड लाउडरहिल,फ्लोरिडा/ आइसीसी टी २० विश्वकप अन्तर्गत नेपाल र श्रीलंका बिच खेल हुने मैदानमा अहिले पनि भारी मात्रमा बर्षा भइरहेको छ।
पूर्व निर्धारित तालिका अनुसार अब खेल सुरु हुन दुई घण्टा मात्र बाँकी छ। तर मुसलधारे झरी झन् दर्केको छ।
आइसीसीले अहिले सम्म अब के हुन्छ भनेर अधिकारी रूपमा भनेको छैन। तर मिडिया सेन्टरमा दिइएको सूचना अनुसार आठ बजेर ३५ मिनेटमा प्राविधिकले मैदानको बारेमा रिपोर्ट गर्ने छन्। त्यस पछि १० बजेर ४१ मिनेट अन्तिम निर्णय आउने छ।
मौसम अनुमान, अहिलेको अवस्था अनुसार खेल हुने सम्भावना क्षीण बन्दै गएको छ।
‘हाम्रो हातमा अब केही पनि रहेन।’ आइसीसी मिडिया म्यानेजरले भने।
यता अमेरिकाको विभिन्न स्थानबाट फ्लोरिडा आएका दर्शकहरूले भने निराशा व्यक्त गर्न थालेका छन्।
बिहान देखिको सिमसिमे झरी साँझ पर्दै जाँदा मुसलधारे वर्षामा परिणत भए पछि दर्शकहरू खेल नहेरी कसरी जाने भनेर चिन्ता व्यक्त गरेका हुन्।