आइसीसी टी २० विश्वकपको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित

ग्राण्डप्रेरी, टेक्सस/ आइसीसी टी २० विश्वकप क्रिकेटमा नेपाल नेदरल्याण्ड सँग ६ विकेटले पराजित भएको छ।
अमेरिकाको टेक्सस राज्यको ग्राण्डप्रेरी मैदानमा नेपालले दिएको एक सय ६ रनको लक्ष्य नेदरल्याण्डले ८ बल बाँकी हुदै मात्र चार विकेट खर्चेर पुरा गर्यो।
नेपाली बलरका लागि नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ’डाउड निकै भारी बने। नटआउट रहेका म्याक्सले अर्धशतक प्रहार गरे। ५४ बलको सामना गरेका उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि अर्का ओपनर माइकल लेभिटलाई सोमपाल कामीले दोस्रो ओभरमा १ रनमै आउट गरेका थिए। त्यसपछि दीपेन्द्रसिंह ऐरीले विक्रमजित सिंहलाई नवौं ओभरमा २२ रनमा एलबिडब्लूको धरापमा पारेका थिए।
साइब्रड एन्गेलब्रेचलाई सोमपाल कामीले १४ रनमा आउट रनआउट गर्दा अभिनास बोहराले कप्तान स्कट इडवार्डलाई ५ रनमा बोल्ड गरे।
खेलमा नेपालका कप्तान रोहित पौडेलले १८औं ओभरमा ओ’डाउडको क्याच मिस गरेका थिए। त्यतिबेला उनी ४१ रन बनाएर खेलिरहेका थिए।
बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनास बोहराले १-१ विकेट लिए।
यस अगाडि नेपालको व्याटिङ्ग खराब रह्यो। टस हारेर पहिलो ब्याटिङ्गमा आएको नेपाल चार बल बाँकी छदै एक सय ६ रनमा समेटियो।
नेपाली दर्शकले भरीपूर्ण रंगशालामा खेलाडी भने एक पछि अर्को गर्दै पेभिलियन फर्किए। आइसीसीका अनुसार ग्रान्डप्रेरी रंगशाला ६ हजार ८ सय ४२ दर्शक उपस्थित थिए। अधिकांस दर्शक नेपाली टिमको समर्थक देखिन्थे।
तर नेपालले दोस्रो ओभर देखि नै विकेट गुमाउन थालेको थियो। आसिफ शेख चार रनमा समेटिएका थिए।
कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन जोडे। १६औं ओभरमा सातौं विकेटको रूपमा पेभिलियन फर्कनुअघि रोहितले ३७ बलमा ५ चौका प्रहार गरे।
नेपाली ब्याटरलाई रोक्ने क्रममा नेदरल्यान्ड्सका स्पिनर टिम प्रिङगनल हाबी भए। उनले कप्तान रोहित सहित कुशल भुर्तेल र अनिल साहलाई चल्न दिएनन्। प्रिङगनलले चार ओभरमा २० रन खर्चिदा ३ विकेट लिए।
ओपनर आसिफ शेख दोस्रो ओभरको अन्तिम बलमा प्रिङगनलको बलमा ७ रनमा क्याच भए। त्यस पछि पालो आयो कुशल भुर्तेलको । उनी चौथो ओभरको पहिलो बलमा भान वीकको एलबिडब्लूको शिकार भए। उनले मात्र सात रन जोडे।
अनिल साह पनि आठौं ओभरमा ११ रन जोडेर प्रिङगनलकै बलमा क्याच हुन पुगे। त्यो बेला नेपालले आठौं ओभरमा तीन विकेट गुमाउदा मात्र ४० रन जोडेको थियो।
दशौं ओभरमा नेपालले कुशल मल्ललाई चौथो विकेटको रुपमा गुमायो। कुशलले मात्र ९ रन जोडे। त्यस पछि दीपेन्द्रसिंह ऐरी १ रनमा बास डी लीडको बलमा भान वीकबाट क्याच भए।
कप्तान रोहित आउट हुनुअघि सोमपाल कामी शून्यमा मकेरेनबाट बोल्ड भएका थिए। १९औं ओभरमा डी लिडको बलमा क्याच भएका करण केसीले १२ बलमा ६ छक्काको मद्दतमा १७ रन जोड्दा नेपाललाई केही राहत मिलेको थियो।
अन्तिम ओभरको पहिलो बलमा गुल्सन झा १४ रनमा भान वीकबाट बोल्ड भए। उनले १५ बलमा १ छक्का प्रहार गरे। लगत्तैको बलमा अभिनास बोहरा क्याच भए।
बलिङमा नेदरल्यान्ड्सका प्रिङगनलले ३ विकेट लिए भने भाव वीकले पनि ३ विकेट हात पारे। डी लिड र मकेरेनले २-२ विकेट लिन सफल भए।
नेपालले अव समुह चरणको दोस्रो खेल जुन ११ तारिख फ्लोरिडामा श्रीलंका सँग खेल्ने छ।
नेपाली टोली
कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहरा, सागर ढकाल।
फोटो क्यान
‘दर्शकलाई खुसी दिन सकेनौँ,अर्को म्याचमा गल्ली दोहोर्याउदैनौ’: सोमपाल कामी
June 4, 2024 @ 4:59 pm
[…] […]