टी–२० विश्वकप : नेपाल १०६ रनमा अलआउट
डालस । आइसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको सामान्य लक्ष्य दिएको छ ।
ग्रान्ड पेरी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १९.२ ओभर सवै विकेट गुमाएर १०६ रनमा समेटिन पुग्यो ।
नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा पाँच चौका प्रहार गरे । यसैगरी दोस्रो सर्वाधिक स्कोरको रुपमा करण केसीले १२ बलमा १७ रन रह्यो । उनले २ छक्का प्रहार गरे ।
यसैगरी गुलसन झा १५ बलमा १४ रन बनाएर आउट हुँदा एक छक्का प्रहार गरेका थिए ।
यसैगरी अनिल साहले १२ बलमा ११ रन बनाउँदा ओपनरद्वय कुशल भुर्तेल ७ तथा आशिफ शेख ४ रन बनाए ।
नेदरल्याण्ड्सका टिम प्रिंगल र लोगन भान बिकले तीन तीन विकेट लिँदा पौल भान मेकरेन र बास डी लिडले दुई दुई विकेट हात पारे ।