बाल्टिमोर लागु औषध दुर्व्यसनीको राजधानी ?
बाल्टिमोर/अमेरिकामा लागु औषध दुर्व्यसनीको कारण मर्ने को सङ्ख्या मेरील्याण्ड राज्यको बाल्टिमोरमा अधिक रहेको एक रिपोर्टले देखाएको छ । बाल्टिमोर सिटी लागु औषध दुर्व्यसनीको हब बन्दै गएको छ ।
न्यु योर्क टाइम्समा प्रकाशित समाचारको अनुसार पछिल्लो ६ वर्ष मा बाल्टिमोरमा ६ हजार भन्दा बढी मृत्यु लागु औषध ओभर डोजका कारण भएको छ । जुन सङ्ख्या हाल सम्मकै उच्च हो ।
न्यु योर्क टाइम्सको सोही समाचार अनुसार बाल्टिमोरमा कुनै महिना एक सय १४ भन्दा बढी मृत्यु लागु औषधी ओभर डोजका कारण हुने गरेको छ । ओभर डोजका कारण मृत्यु हुने हरूको शव मोटेल,गाडी, परित्याग गरिएका घर तथा गाडी, एवम् सिटीका गल्लीहरूमा भेटिने गरिएको छ ।
बाल्टिमोर सिटीमा कुल १ लाख मृत्युमा कम्तीमा १ सय ७० मृत्यु लागु औषध ओभर डोजका कारण हुने गरेको छ । त्यसो त प्रति १ लाख मृत्युमा टेनेसीको नक्स र न्यासभिल मा क्रमशः ८६ र ८१, र पेन्सिल्भेनियाको फिलाडेलफियामा ७८ मृत्यु लागु औषधी ओभर डोजबाट हुने तथ्याकं न्यु योर्क टाइम्सले प्रकाशन गरेको छ ।
अमेरिकामा पेन किलर को रूपमा चलाइने फेन्टानियलको प्रयोग लागु औषधीको रूपमा प्रयोग हुँदै आएको छ । न्यासनल इन्स्टिच्युट अन ड्रग अब्युसको एक तथ्याङ्क अनुसार अमेरिका २०२२ मा करिब १ लाख १० हजार मानिस लागु औषध ओभर डोज का कारण भएको थियो । लागु औषध दुर्व्यसन एक जटिल सामाजिक समस्या हो ।