मेरिल्याण्डको ग्रीनवेल्ट पार्कमा गोली चल्दा ५ विद्यार्थी घाइते
पेन्सिल्भेनिया । अमेरिकाको मेरिल्याण्डको ग्रीनवेल्टको पार्कमा गोली चलेको छ ।
उच्च माध्यमिक विद्यालयका बालबालिकाहरुको बाक्लो जमघट भएका बेला गोलीचल्दा ५ जना घाइते भएका छन् ।
गोली लागेर घाइते हुनेहरुमा १६ देखि १८ वर्ष उमेर समूहका रहेको अमेरिकन सञ्चारमाध्यमहरुले जनाएका छन् । ग्रीनवेल्ट पार्कमा उच्च माध्यमिक विद्यालयका सयौं विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
ग्रीनबेल्टका प्रहरी प्रमुख रिचर्ड बोवर्सले एकजना घाइतेको अवस्था गम्भीर रहेको र अर्काको अवस्था स्थिर रहेको पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् ।
घाइते पाँचै जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न एक जनाको खोजी कार्य जारी रहेको पनि पत्रकार सम्मेलनमार्फत बोबर्सले बताए ।