एनआरएनए अमेरिकाको १३औँ साधारण सभा जुलाई दोस्रो साता डिसी मेट्रोमा
पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको १३ औँ वार्षिक साधारण सभा (एजीएम) जुलाईको दोस्रो हप्ता हुने भएको छ।
एनआरएनए अमेरिकाको पाँचौँ बैठकले साधारण सभा स्थलको टुङ्गो लगाएको हो।
बैठकको जानकारी दिन बुधवार साँझ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष डा. अर्जुन बन्जाडेले जुलाई १३ र १४ तारिख डिएमभी मेट्रो एरियामा (भर्जिनिया र मेरील्याण्ड) गर्ने गरी निर्णय भएको जानकारी दिए।
अध्यक्ष डा. बन्जाडेका अनुसार साधारण सभाका लागि वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीलाई कन्भेनर, युवा उपाध्यक्ष अनुप खनाललाई को-कन्भेनरको जिम्मेवारी दिइएको छ।
पत्रकार सम्मेलनमा महासचिव रामहरि अधिकारीले जनाए अनुसार आयोजक च्याप्टर को-कन्भेनर हुने छ । यस्तै आवश्यक परेमा समिति विस्तार गर्न सकिने गरी निर्णय गरिएको छ।
साथै कन्भेनिङ कमिटीलाई नीतिगत सहयोग गर्न कार्यसमितिको तर्फबाट अध्यक्ष डा अर्जुन बन्जाडे, महासचिव रामहरि अधिकारी, कोषाध्यक्ष सरोज सिग्देल र कन्भेनर विकास उप्रेती सहितको स्टेरिङ कमिटी बनाउने निर्णय गरिएको छ।
पत्रकार सम्मेलनमा अध्यक्ष डा. बन्जाडेले नेपालमा सर्वोच्च अदालतको पछिल्लो फैसला पछि कसरी अगाडि बढ्ने भन्ने प्रतीक्षामा रहेको बताए।
अदालतले बुत्याएको एनआरएनए आइसीसीका संयोजक पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घले नेतृत्व कमिटीको पत्र अनुसार नै गर्ने गरी अहिलेलाई कार्यक्रम तय गरिएको जानकारी दिए।
आइटी कोअडिनेटर नियुक्ति सम्बन्धमा भने अध्यक्ष डा. बन्जाडे र महासचिव अधिकारीले फरक फरक दाबी गरे।
एनआरएनए अमेरिकाको आइटी कोअडिनेटर नियुक्ति सम्बन्धमा विवाद रहँदै आएको छ। अध्यक्ष बन्जाडे पक्षले रवीन्द्र उप्रेतीलाई नियुक्ति गरी शपथ ग्रहण गराइसकेको जनाएको छ। तर महासचिव पक्षले अग्नि चौलागाईलाई नियुक्ति गर्नु पर्ने अडानमा छ।
पत्रकार सम्मेलनमा महासचिव अधिकारीले आइटी कोअडिनेटरको नियुक्ति अर्को बैठकमा छलफल हुने बताए। तर अध्यक्ष बन्जाडेले नियुक्तिबारेमा अव थप छलफलको आवश्यकता नरहेको औल्याएका थिए।
एनआरएनए अमेरिकाको पाँचौँ बैठकका निर्णय
१, आइटी कोअडिनेटर नियुक्ति
समयको अभावको मध्यनजर गर्दै आइटी कोर्डिनेटर नियुक्ति सम्बन्धमा कुनै छलफल हुन सकेन तसर्थ यस विषयलाई आगामी बैठकमा प्रस्तुत गर्ने निर्णय गरियो ।
२, एनआरएनए एनसीसी युएसएको वेबसाइट मर्मत सम्झौता र नवीकरण
उपाध्यक्ष भानु खरेल, युवा संयोजक तेज पौडेल, क्षेत्रीय संयोजक मोहन न्यौपाने र बोर्ड सदस्य लक्ष्मण दर्लामी रहेको कमिटी गठन। वेबसाइटको वर्तमान अवस्था, सुधार र परिमार्जन गर्नुपर्ने विषय लिखित रूपमा आजको १५ दिनभित्र महासचिवलाई बुझाउने र उचित सल्लाह, सहयोग लिएर नवीकरण कार्य महासचिव रामहरि अधिकारीले अगाडि बढाउने निर्णय गरियो।
३, विभागीय जिम्मेवारी र कामहरूको प्रगति विवरण
सम्पूर्ण विभागीय प्रमुखहरूले आफ्नो विभागको प्रगति विवरण आजको मितिले १५ दिनभित्र लिखित रूपमा सचिवालयमा पेस गर्नु पर्ने निर्णय गरियो।
४, धादिङ नेपाली समाज अमेरिका र एनआरएनए अमेरिकाको सहकार्य
धादिङ जिल्लामा गरिब तथा जेहनदार छात्रवृत्ति कोषको स्थापना र सहजीकरनको लागि कमिटी बनाउने। महासचिव रामहरि अधिकारी संयोजक, कोषाध्यक्ष सरोज सिग्देल सदस्य र सह-कोषाध्यक्ष दिवाकर पाण्डे सदस्य रहने। उक्त कमिटीले कार्यविधि बनाउने तथा आर्थिक सङ्कलन र अन्य आवश्यक कामहरू अगाडि बढाउने निर्णय गरियो ।
५, एभरेष्ट फेडेरल क्रेडिट युनियन र एनआरएनए अमेरिकाको सहकार्य
एभरेष्ट फेडेरल क्रेडिट युनियन र एनआरएनए अमेरिकाको सहकार्य र सहजीकरनको लागि कमिटी बनाउने । थप अध्ययन गरी उपयुक्त विकल्प पहिचान गरी आवश्यक प्रक्रिया अगाडी बढाउने जिम्मेवारी कोषाध्यक्ष सरोज सिग्देल लाई दिने निर्णय गरियो।
६, आपत्कालीन कोषको स्थापना
आपत्कालीन कोषको स्थापना गर्ने कार्य अगाडि बढाउन वरिष्ठ उपाध्यक्ष विकास उप्रेती संयोजक, सचिव दीपक सापकोटा सदस्य रहने समिति रहने। आवश्यकता अनुसार समितिमा सदस्य विस्तार गर्न सकिने।
७, लुम्बिनी सांस्कृतिक नगरपालिका
प्रस्तावक उपाध्यक्ष नेत्र पाण्डे बैठकमा अनुपस्थित रहेको कारण यस विषय अर्को अर्को पटकको बैठकमा छलफल गर्ने निर्णय गरियो ।
८,एनसीसी र च्याप्टरहरूको वार्षिक क्यालेन्डर तयारी
प्रस्तावक उपाध्यक्ष नेत्र पाण्डे बैठकमा अनुपस्थित रहेको कारण यस विषय अर्को अर्को पटकको बैठकमा छलफल गर्ने निर्णय गरियो ।
९, ट्याक्स फाइल
आवश्यक प्रक्रिया पुर्याई आइआरएसको नियम अनुसार समयमा नै ट्याक्स फाइल गर्ने जिम्मेवारी कोषाध्यक्ष सरोज सिग्देल लाई दिने निर्णय गरियो।
१०, सामुदायिक केन्द्रहरूलाई सहयोग
उपाध्यक्ष भानु खरेल र कोषाध्यक्ष सरोज सिग्देलले प्रस्तुत गर्नुभएको यस विषयमा छलफल हुँदा यस विषयलाई अगाडी बढाउन आवश्यक कार्यविधि तयार गर्न उपाध्यक्ष भानु खरेल कोषाध्यक्ष सरोज सिग्देल र सचिव शान्ति वाग्ले पौड्याल लाई जिम्मेवारी दिने र कार्यविधि अनुसार नेपाली सामुदायिक केन्द्रहरूलाई सहयोग गर्ने निर्णय गरियो ।
११, विधान संशोधन समिति सम्बन्धमा
महासचिव रामहरि अधिकारीले प्रस्तुत यस विषयमा छलफल हुँदा महिला, युवा, कानुनविद्, क्षेत्र र च्याप्टरको प्रतिनिधित्व हुने गरी समिति निर्माण गर्न महासचिव रामहरि अधिकारीको संयोजनमा विधान संशोधन समिति बनाउने निर्णय गरियो।
१२, वार्षिक साधारण सभा
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको १३ औँ वार्षिक साधारण सभा (एजीएम) जुलाईको दोस्रो हप्ता (जुलाई १३ र १४, २०२४) डिएमभी मेट्रो एरियामा गर्ने गरी वरिष्ठ उपाध्यक्ष विकास उप्रेती – कन्भेनर, युवा उपाध्यक्ष अनुप खनाल को-कन्भेनर र आयोजक च्याप्टर को-कन्भेनर तथा आवश्यक परेमा समिति विस्तार गर्न सकिने निर्णय गरियो ।
साथै कन्भेनिङ कमिटीलाई नीतिगत सहयोग गर्न कार्यसमितिको तर्फबाट अध्यक्ष डा अर्जुन बन्जाडे, महासचिव रामहरि अधिकारी, कोषाध्यक्ष सरोज सिग्देल र कन्भेनर विकास उप्रेती सहितको स्टेरिङ कमिटी बनाउने निर्णय गरियो ।