अमेरिकी इतिहासमै पहिलो पटक पूर्व राष्ट्रपति फौजदारी मुद्दाको बहसमा अदालत हाजिर हुँदै
पेन्सिलभेनिया / आज अप्रिल १५ तारिख सोमबारका दिन पूर्व राष्ट्रपति डोनाल्ड जे. ट्रम्प न्यु योर्कको तल्लो म्यानह्याटन स्थिति अदालतमा पेश हुदैछन् ।
अमेरिकाको राष्ट्रपति फौजदारी मुद्दामा अदालतको बहस (ट्रायल) मा सहभागी भएको यो पहिलो अवसर हो ।
उनी विरुद्ध वयस्क फिल्म स्टार नायिका स्ट्र्रोमी डयनियल्स सँगको यौन सम्बन्धको घटना लुकाउन एक लाख ३० हजार अमेरिकी डलर घुस (हस् मनी) दिएको आरोप लागेको छ ।
ट्रम्प भने सो सम्बन्ध र घुसको बारेमा आफ्नो संलग्नता भएको कुरा इन्कार गर्दै आएका छन् । सो सन्दर्भको मुद्दामा उनी माथि फौजदारी मुद्दा चलाइएको छ । सोही अनुसार त्यो मुद्दाको पहिलो बहस आज हुदैछ ।