टेक्ससको आप्रवासन कानुन एक दिनमै स्थगित
टेक्सस । आप्रवासनसँग सम्बन्धित टेक्सस राज्यले लागू गरेको कानुन तत्काललाई स्थगित भएको छ ।
अवैधरुपमा अमेरिका प्रवेश गरेका आप्रवासीहरुलाई गिरफ्तार गर्ने कानुन टेक्ससमा मंगलबार लागू भएको थियो । तर, उक्त कानुन बुधबारदेखि स्थगित गरिएको हो ।
यस सम्बन्धमा पहिलो कानून लागू भएपछि सीमामा देखिएको अनिश्चितता र मेक्सिकोले व्यक्त गरेको असन्तुष्टिका कारण यो कदम चालिएको हो ।
पाँचौं यूएस सर्किट कोर्ट अफ अपीलको प्यानलले स्थगित गरेको हो । यसअघि सर्वोच्च अदालतले टेक्सास राज्यलाई अवैध रूपमा सीमा पार गरेको आरोपमा आप्रवासीहरूलाई पक्राउ गर्न प्रहरीलाई व्यापक अधिकार दिने कडा अध्यागमन कानुन लागू गर्न अनुमति दिएको थियो ।
तर पछि पुनरावेदन अदालत प्यानलले २ः१ अनुपातको आदेशमा पुनः रोक लगायो । विधानमाथिको मौखिक बहस बुधबार हुने भएको छ । अर्को निर्णय कहिले आउँछ भन्ने अझै स्पष्ट छैन ।
कानून लागू भएपछि, मेक्सिकोको सरकारले नयाँ टेक्सस अध्यागमन कानून अन्तर्गत अमेरिका छाड्न आदेश दिएका आप्रवासीहरूलाई फिर्ता स्वीकार नगर्ने बताएको छ।
कानूनले टेक्सस पुलिसलाई अवैध रूपमा सीमा पार गरेको शंकास्पद आप्रवासीहरूलाई पक्राउ गर्ने अधिकार दिएको थियो ।