समुद्री कछुवाको मासु खाँदा ९ जनाको मृत्यु

काठमाडौं । अफ्रिकामा अफ्रिकी समुद्री कछुवाको मासु खाँदा आठ बालबालिकासहित नौ जनाको मृत्यु भएको छ । ७० जनाभन्दा बढी बिरामी परेका छन् । यो घटना जान्जीबार द्वीपसमूहको पेम्बा टापुमा भएको हो ।
यहाँ समुन्द्री मछुवाको मासु खाँदा ८ बालबालिका र एक युवकको ज्यान गएको मेट्रोले जानकारी दिएको छ ।
अस्पतालमा ७८ जना भर्ना रहेको मकोनी जिल्ला मेडिकल अधिकृत डा हाजी बकरीले जानकारी दिए । विषको खतरा भए पनि यस क्षेत्रका मानिसहरु कछुवाको मासु निकै उत्साहका साथ खाने गर्छन् । कछुवाको मासु त्यस क्षेत्रमा धेरै स्वादिष्ट परिकार मानिन्छ ।
सबै बिरामीले समुद्री कछुवाको मासु खाएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको डा बकरीले बताए । कहिलेकाहीँ कछुवाको मासु पनि विषालु हुने गरेको उनले बताए, जसलाई चेलोनिटक्सिसिज्म भनिन्छ । तर, यो विषाक्त हुनुको ठोस कारण भने खुल्न सकेको छैन ।
कछुवा फाउन्डेसनको परोपकारी संस्थाका अनुसार कछुवाले विषालु शैवाल खाने गरेकोले त्यसमा पनि विषको अंश हुने विश्वास गरिन्छ ।
सन् २०२१ मा पनि यस्तै घटना भएको थियो । त्यतिबेला पेम्बा टापुमा कछुवाको मासु खाँदा तीन वर्षीय बालकसहित सात जनाको मृत्यु भएको थियो । बीबीसीको रिपोर्ट अनुसार विषको सबैभन्दा नराम्रो असर बालबालिका र वृद्धवृद्धालाई पर्न सक्छ ।
इन्डोनेसिया, माइक्रोनेसिया र भारतका हिन्द महासागरका टापुहरूमा पनि यस्तै घटनाहरू रिपोर्ट गरिएको छ, तर विषको कुनै उपचार अहिलेसम्म फेला परेको छैन ।