माल्दिभ्समा रहेका भारतीय सेनाहरु फिर्ता हुन सुरु !
काठमाडौं । माल्दिभ्समा रहेको भारतीय सेनाहरु फिर्ता हुन सुरु भएको छ । माल्दिभ्सको सत्तामा मोहमद मोइज्जु आएपछि भारतीय सेना फिर्ता गर्ने घोषणा गरेका थिए । भारतीय सेनालाई माल्दिभ्सबाट हटाउने एजेन्डासहित चुनावमा सफलता पाएपछि लगातार यसबारे अभिव्यक्ति दिँदै आएका थिए ।
माल्दिभ्सको मिहारु खबरलाई उद्रित गर्दै एएफपीले २५ भारतीय सेना फिर्ता भएका छन् । भारतीय सेना माल्दिभ्समा ८८ जना रहेकोमा अरु पनि चाँडै फर्कने विश्वास गरिएको छ । भारतीय सेना फिर्ता भएपछि सुरक्षा जिम्मा माल्दिभ्सको नेशनल डिफेन्स फोर्सले लिएको छ ।
तर, भारत र माल्दिभ्स दुवैले यसको आधिकारिक पुष्टि भने गरेका छैनन् । यसअघि गत मे २९ मा माल्दिभ्समा भारतीय सैनिकलाई बदल्न २६ प्राविधिकको पहिलो टोली माल्दिभ्स पुगेको थियो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारत र माल्दिभ्सबीच भएको सम्झौताअनुसार मे १० सम्ममा भारतीय सैनिक स्वदेश फर्किने जानकारी दिएका थिए ।
माल्दिभ्समा करिब ८८ भारतीय सैनिक छन् । उनले दुईवटा हेलिकप्टर र एउटा विमानको सञ्चालन गर्छन् । प्रायः तिनीहरू उद्धार वा सरकारी कामहरूमा प्रयोग गरिन्छ । भारतीय हेलिकप्टर र विमानहरूले माल्दिभ्समा मानवीय सहायता र चिकित्सा आपतकालमा त्यहाँका मानिसहरूलाई मद्दत गर्न जारी राखेका छन् । प्राविधिक कर्मचारीहरू मात्र यी सञ्चालनहरू ह्यान्डल गर्न पठाइएको छ ।
भारतले माल्दिभ्सलाई २०१० र २०१३ मा दुईवटा हेलिकप्टर र २०२० मा एउटा सानो विमान उपहार दिएको थियो । यो कुरालाई लिएर माल्दिभ्समा निकै हंगामा भएको थियो । मुइज्जुको नेतृत्वमा विपक्षीले तत्कालीन राष्ट्रपति सोलिहमाथि ‘इन्डिया फर्स्ट’ नीति अपनाएको आरोप लगाएका थिए ।