राष्ट्रपति बाइडेनले ‘स्टेट अफ युनियन’लाई सम्बोधन गर्दै
पेन्सिल्भेनिया । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै छन् । अमेरिकी काँग्रेसलाई सम्बोधन गर्दै राष्ट्रका नाममा राष्ट्रपतिले गर्ने सम्बोधन लाई “स्टेट अफ युनियन” भन्ने गरिन्छ ।
अमेरिकी संविधान को धार २ को भाग ३ बमोजिम राष्ट्रको समग्र विषयमा काँग्रेस (सिनेट र हाउस) लाई राष्ट्रपतिले सुसूचित गराउनु पर्ने प्रावधान छ । हरेक वर्षको सुरुवातमा राष्ट्रपतिले काँग्रेस समक्ष राष्ट्रको नाममा सम्बोधन गर्ने गर्दछन् । सन् १७९० जनावरी ८ गते न्यूयोर्कमा राष्ट्रपति जर्ज वासिङ्टनले सम्बोधन गरे पश्चात् यो प्रचलन को सुरुवात भएको थियो ।
के छ त आजको सम्बोधनको विशेष ?
आम निर्वाचनको वर्ष भएको र आगामी निर्वाचनमा पनि बाइडेन पुन उम्मेदवार बन्ने पक्का भएको ले पनि सत्ता पक्ष पाटी डेमोक्रयाट्स र राष्ट्रपति बाइडेन आफै लाई पनि आम अमेरिकी जनतालाई आफ्नो कार्यकालको प्रगति का साथै अमेरिकी अर्थनीति र आगामी परराष्ट्र नीति कस्तो हुने भन्ने बारे स्पष्ट पार्दै आफ्नो भावी योजना तर्फ जनता लाई आकर्षित गर्ने यो अवसर हो बाइडेनका निम्ति ।
वर्तमान अवस्थामा अमेरिकी राजनीतिमा मुलत: तीन कुराहरू बढ्दो महँगी, आप्रवासन नीति, र परराष्ट्र नीति महत्त्वपूर्ण छन् । आजको स्टेट अफ युनियन मा बाइडेन ले यी तीन विषयमा हाल सम्मको प्रगति र भावी योजन बताउने आंकलन गर्न सकिन्छ । यी तीन क्षेत्रमा उनेको आगामी योजनाले उनको आगामी कार्यकालको बाटो तय गर्ने सहज अनुमान गर्न सकिन्छ । यसका अतिरिक्त बाइडेनको यो सम्बोधनमा आगामी निर्वाचन लक्षित कार्यक्रम पनि पस्कन सक्ने छन् । यसो त पूर्वी युरोप र मध्य पूर्व एसियन राष्ट्र बिचको युद्ध तथा अस्थिरताको बारेमा पनि उनले आफ्नो योजना बताउने छन् ।
आज मार्च ७, बिहीबार बेलुका ९ बजे न्यु योर्क को समय मा बाइडेनको स्टेट अफ युनियन सुरु हुने छ । यसलाई अमेरिकाका प्राय सबै टेलिभिजनहरूले प्रत्यक्ष प्रसारण गर्ने छन् ।